जुम्ला – हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउँ पन्छाउन थालेको छ। बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो। हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन्। हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली […]