म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उनले भने, “खतेनका […]

सम्बन्धित सामग्री

वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विजुली बत्ती बलेको छ । रामप्रसादराई ८ मा पर्ने दुई स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वषौँबाट विद्युत्को उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानी लगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयबासी दिलकुमार योगीले बताए […] The post वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विकास नपुगेको बाजुराको विच्छ्या- 'न विजुली बल्ने आश, न त सडक पुग्ने संकेत'

बाजुरा जिल्लाको सर्वाधिक विकट क्षेत्र हो, बिच्छ्या। हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडा बिच्छ्यामा नै पर्ने गरेका छन्। गाउँपालिकाको रेकर्ड अनुसार करिब ५ सय ८० बढी परिवारको बिच्छ्यामा बसोबास छ। बिच्छ्या भूगोलले जति विकट र दुर्गम छ, विकास र सुविधामा पनि त्...

विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिँदै

डडेल्धुरा । डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमावर्ती चुरे पर्वत श्रृंखलामा अवस्थित विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिन थालिएको छ । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा शाखाले नयाँ बर्षभित्रै मलास क्षेत्रमा विजुल बाल्नेगरि द्रुत गतिमा लाईन विस्तारको काम भइरहेको जनाएको छ । हाल मलास क्षेत्रमा विजुली पु¥याउन पोल गाडने र तार तान्ने काम भइरहेको मलास क्षेत्रका […]

नवलपुरको नरमडाडाँ अझैं अन्धकार

नवलपुर । नवलपुरको विकट गाउँ नरम डाडाँमा विजुली बत्ती नपुग्दा स्थानीयह सास्ती खेपिरहेका छन् । स्थानीय निर्वाचनमा जनप्रतिनिधिले उज्यालो गाउँ बनाउने भने पनि गाउँ अझै अन्धकारमै छ । जिल्लाको बौदिकाली गाउँपालिका क्षेत्रको उक्त स्थानमा अझै विद्युत पुग्न नसक्दा सो क्षेत्रका १ सय २७ घरधुरीका जनता प्रत्यक्ष प्रभावित परेका छन् । स्थानीयका अनुसार राष्ट्रिय प्रशारणको विद्युत […]

सडक सन्जालसँग जोडियो जुम्लाको विकट ताम्ती गाउँ

विकासको मेरुदण्ड सडक नै हो । गाउँमा सडक पुगेपछि अरु विकासका ढोका खुल्दछन् । गाउँमा सडक पुगेपछि अन्य विकास निर्माणका कामसँगै विजुली पनि पुग्ने गर्दछ । ०७४ सालको स्थानीय तहमा...

चेपाङ बस्तीमा‘पेल्ट्रिक सेट’मार्फत विजुली

चैत २२, मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९को पार्सिवाङस्थित रुन्चेवुङमा विजुली पुगेको छ । रुन्चेवुङमा पहिलोपटक ‘पेल्ट्रिक सेट’मार्फत विजुली बत्ति पुगेको हो । विजुली पुगेपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको उक्त वडामा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि विजुली पुर्याउन सकेको थिएन । प्राधिकरणको लाइनमार्फत विजुली नपुगेपछि ‘पेल्ट्रिक सेट’मार्फत  विजुली बत्ति बालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गाड्तौलाले बताए । उनका अनुसार अहिले चेपाङ सामुदायले सल्लोको दियालो बाल्न छाडेका छन् । यसअघि गाउँमा विद्युत् नहुँदा चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए  । ‘गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेटमार्फत विद्युत उपलब्ध गराएपछि उक्त सामुदायमा अँध्यारो हटेको छ’ प्रमुख प्रशासकीय अधिकृत गड्तौलाले भने । गाड्तौलाका अनुसार २३ लाख रूपैयाँ लागतमा उक्त गाउँमा विद्युत पुर्याइएको हो । सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको  आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा २० वटा पेल्ट्रिक सेट सञ्चालनमा रहेको बताए । पेल्ट्रिक  सेटका लागि   सञ्जालले १३ लाख रूपैयाँ सहयोग रहेको छ । त्यस्तै  गाउँपालिकाले ६ लाख रूपैयाँ तथा ४ लाख रूपैयाँ बराबरको स्थानीको श्रमदान रहेको गाउँपालिकाको भनाई छ । गाउँमा विद्युत पुर्याउनका लागि गत वर्ष पुसदेखि काम शुरू गरिएको थियो । काम सम्पन्न गर्न १६ महीना समय लागेकोसञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले बताए । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले केही स्थानमा पेल्ट्रिक सेट जडान गरेरै नै विद्युतको पुर्याएको छ । रासस

दुई कर्मचारीको भरमा चल्दै गाउँपालिका, २३ विद्यालयमा ४३ शिक्षक

दार्चुला : सदरमुकामबाट करिव २६ कोष उत्तरपूर्वमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा न सडक पुगेको छ, न त विजुली नै। दिउँसो बादल लाग्यो भने सञ्चार सेवाबाट पनि बञ्चित हुनुपर्ने बाध्यता छ खण्डेश्वरीवासीको। भौगोलिकरूपमा विकट ६ वटा वडा भएको गाउँपालिकाको केन्द्र मात्र होइन, कुनै पनि वडा न सडक सञ्जालसँग जोडिएको...