विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिँदै

डडेल्धुरा । डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमावर्ती चुरे पर्वत श्रृंखलामा अवस्थित विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिन थालिएको छ । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा शाखाले नयाँ बर्षभित्रै मलास क्षेत्रमा विजुल बाल्नेगरि द्रुत गतिमा लाईन विस्तारको काम भइरहेको जनाएको छ । हाल मलास क्षेत्रमा विजुली पु¥याउन पोल गाडने र तार तान्ने काम भइरहेको मलास क्षेत्रका […]

सम्बन्धित सामग्री

पर्यटकीय स्थल जलजलामा पुग्यो विद्युत

पर्यटकीय स्थल जलजलामा विद्युत सेवा विस्तार गरिएको छ । धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलका रुपमा विकास हुन लागेको पर्वतको जलजला गाउँपालिका ५ र ६ को सिमानामा पर्ने हम्पाल कालाञ्जर क्षेत्रमा पर्ने जलजलामा केन्द्रीय प्रशारण लाइन विस्तार गरिएको हो ।

पोलमा तानिएका तार ब्यबस्थित गर्न विद्युत प्राधिकरणको आग्रह, ४५ दिनपछि आफै हटाउने

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।प्राधिकरणका अनुसार विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप वनाएको छ ।  आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई  आफ्नो संरचना  निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।‘तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’उपकार्यकारी निर्देशक सिलवालले भने । ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्नm विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।’प्राधिकरणले अप्टिकल फाइबर÷केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दूरी क्रमश ः ८०  र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।  अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । . न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ ।  पोलहरुमा  लुप वनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।सेवा प्रदायकहरुले निजहरुको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ ।  सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ ।  तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ । तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ ।

पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युतीय लाइन विस्तार गरिँदै

कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी, विद्युत सेवा विस्तार गर्न लागिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरी कर्णालीका धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत सेवा पुर्‍याउन लागेको हो ।झण्डै एक करोडभन्दा बढी बजेट यहाँको आधारभूत पूर्वाधारको काममा खर्च गर्न लागिएको […]

देविस्थानमा विद्युत सेवा विस्तार

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको मगरदाङमा केन्द्रीय प्रसारणलाइनको विद्युत सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले मगरदाङका ४ सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा विस्तार गरेको हो ।प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभीए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी गराए । “मुख्य, शाखालाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान […]

गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमे

एक सयभन्दा बढी घरमा बिजुली

नेपाल विुद्युत प्राधिकरण, सुनकोशी गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहकार्यमा सौर्य मिनिग्रिड स्थापना गरि ककनीमा विद्युत सेवा विस्तार गरिएको हो ।

सताक्षीधाममा बिजुली पुग्यो

पूर्वको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा पहिलो पटक विद्युत विस्तार भएको छ। संघीय सरकारको उर्जा मन्त्रालयबाट बिनियोजित २७ लाख रुपैयाँको लागतमा विद्युत सेवा विस्तार भएको हो।

रसुवाको थाङ्दोरमा विद्युत सेवा बिस्तार

रसुवाको नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत सेवा विस्तार भएको छ। गाउँपालिकाको अधिकांश स्थानमा विद्युत नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा विस्तार गरेको हो। विद्युत विस्तार भएसँगै त्यहाँका एक सय ३७ घरधुरी लाभाम्वित भएका छन्।