काठमाण्डाै - युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।
खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले...