काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० ले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो । पीएसजीका लागि लियोनल मेस्सीले दुई तथा नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले […]