एजेन्सी – उपाधिको बलियो दावेदार किर्गिस्तानले बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानले श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा बिहीबार भएको खेलको पहिलो सेट किर्गिस्तानले २५–२१ ले जितेको थियो । […]