प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा २९ सांसदले गरेको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ ।
माधव नेपाल अध्यक्ष रहेको प्रस्तावित पार्टीको पक्षमा हस्ताक्षर गर्न संघीय संसद्को दुवै सदनका गारी ३३ जना सांसद निर्वाचन आयोग पुगे पनि ४ जनाको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ ।
दल दर्ताको निवेदन दिँदा हस्ताक्षर नभएका ४ सांसदले हस्ताक्षर गर्न नपाएका हुन् ।
प्रतिनिधि सभाका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली तथा राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले माधव नेपालको पार्टीमा हस्ताक्षर गर्न खोजे पनि...