मनिष सुमनले भने–महन्थ ठाकुरले मान्नुभएन, मूलधारको पार्टीको पक्षमा सनाखत गरेँ

जनता समाजवादी पार्टी (जसपा)का नेता मनिष सुमनले आफूले मूलधारको पार्टीको पक्षमा निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गरेको बताएका छन् । निर्वाचन आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन् । उनले आयोग परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूले पार्टी एकताका लागि महन्थ ठाकुरसँग लामो वार्ता गरेपनि ठाकुरले पार्टी एकताको लागि एकैठाउँमा हस्ताक्षर सनाखत गराउन नमानेपछि आफूले मूलधारको पार्टीको पक्षमा सनाखत गरेको प्रतिक्रिया दिए ।  यादव पक्ष जसपाको मूलधारक

सम्बन्धित सामग्री

जसपामा हेड काउन्ट : उपेन्द्र यादव पक्षको लाइनमा देखिए ठाकुर पक्षीय मनिष सुमन

जसपा नेपालको महन्थ ठाकुर पक्षको मानिने मनिष सुमनले निर्वाचन आयोगमा हेड काउन्टका लागि जाँदा उपेन्द्र यादव पक्षको लाइनमा देखिएका छन् । पछिल्लो समय उनले आफूलाई यादव पक्षतिर ढल्काएको पनि खुलेका थिएनन् ।जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् । हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठा