नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता गंगागाल तुलाधरले पार्टीको वैधानिकता लागि आवश्यक सदस्यले निर्वाचन आयोगमा हस्ताक्षर गरिसकेको बताएका छन् ।
अध्यक्ष माधव नेपालसहित पार्टीका सबै प्रभावशाली नेताहरूले सनाखत हस्ताक्षर गरेको तुलाधरले बताए । ‘पर्याप्त संख्याको हस्ताक्षर भएको छ, औपचारिक र वैधानिक रुपमा नेकपा एकीकृत समाजवादी दर्ता हुने क्रममा छ, आजै प्रमाणपत्र पाउँछौँ,’ तुलाधरले भने ।
आयोग स्रोतका अनुसार सवा १ बजेसम्म केन्द्रीय कमिटीका ५४ सदस्य र संघीय संसद्का २९ जनाले हस्ताक्षर गरेका छन् । सनाखत...