उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।...
१४ असार, काठमाडौं । करिब दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालिरहेकी रुविना क्षेत्री करिअरको उत्तरार्द्धतिर छिन् । मलेसियामा हालै सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिप जितेर एसिया कपमा छनोट हुँदै करिअरमा एउटा इँटा थप्ने उनकाे ठूलो सपना थियो । तर त्यो सपना पूरा हुन नसक्दा उनमा ठूलो चोट परेको छ । मलेसियाको किनरारा ओभलमा युएईविरुद्धको […]
नेपाल र नेपाली जनताको आमूल परिवर्तनका लागि भनेर गरिएका सङ्घर्षमा झाँक्रीको योगदान प्रशंसायोग्य छ । नेपालमा संघीय गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासित टाउको फुटाएर रगतको खोलो बगाएको इतिहास छ ।
यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू धेरै नै छन् । मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले देखाएका सपना पछ्याउने हामी सर्वसाधारणहरू त झन् धेरै छौं ।
पुस्ताैंपुस्तादेखि सपनाहरू देख्ने र देखाउनेको सपना शृंखला जारी छ । कोही बीपीको सपना भन्छन्, कोही पुष्पलालको त कोही शहीदको । सातु बेचेर सम्पन्न भएको दिवास्वप्न देख्ने सोम शर्माको देश पो त हाम्रो । अनि सोम शर्माको बिँडो थाम्दै अहोरात्र सपना देख्ने र देखाउने काममा जुट्नु परेन ? त्यसमा पनि सपनाका पछाडि कुद्ने यति ठूलो जमात देशमा भएसम्म अरू के चाहियो र ?
संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ ।
नेपालमा सबैभन्दा राम्रो हुने नै सपनाको खेती हो । खेती सप्रिएपछि यसैको उद्योग खोल्ने हो । त्यही उद्योगको नाम हो पार्टी र यसका जागिरे हुन् कार्यकर्ता । तर कार्यकर्तालाई पार्टीको कोषबाट होइन, राज्यको कोषबाट जागिर खुवाइन्छ । त्यही भएर दल मोटाउने र देश दुब्लाउने क्रम जारी छ ।
सपना पूरा गरिदिने वाचा लिएर नेतृत्वमा पुगेकाहरू कतिपय आफ्नो चैं सपना पूरा गरेर दृश्यबाट अलग भएका भयै छन् । कोही अझै मैदानमै डटेका छन् । सपना देख्नेहरूले पनि आफ्ना सपनालाई फेरि नयाँ रूपमा प्रकट गर्छन् र आफ्ना सपना पूरा गरिदिने नयाँ पात्रको खोजी गरिरहन्छन् । फेरि नयाँ पात्रले पनि पुरानैले जसरी सपनाहरूलाई धोखा दिएर आफू चैं अघि बढ्छन् । यो क्रम पनि निरन्तर छ ।
संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । दुई छाकको जोहो गर्न शहर पसेर सत्तासँग हार गुहार गर्छ । आफू र आफ्ना लालाबालाका लागि न्यानो नाना र नचुहिने छानाको सपना देख्छ । बैंकले नपत्याए पनि कुनै साहूले ऋण पत्याए खाडीमा गएर पैसा कमाउने र ‘चालीस कटेसी रमाउने’ सपना देख्छ ।
बाउआमाले जसोतसो गरेको आर्जनबाट जीविका चलाउन पाएका युवाचाहिँ शहरमा सानोतिनो जागीर खाने सपना देख्छन् । मध्यम र उच्च मध्यम वर्गका युवाको सपना त अमेरिका र बेलायत वा न्यूजील्याण्ड र अस्ट्रेलियाका कलेज धाउने र सके राम्रै कमाउने रंगीन सपना देख्छन् । पहिले त उनीहरू अमेरिकाको डीभी भर्छन् वा कुनै देशको पीआर ट्राई गर्छन् । उनीहरूका बाउआमाका सपना पनि छोराछोरी विदेश गए ‘तेल भिसा’मा उतै पस्ने र पाए उतै बस्ने हुन्छ । छोराछोरीका सपनाहरूको गोडमेल र संरक्षण गर्ने क्रममा अझ कहर खेप्न र आफ्ना सपनाहरू थन्क्याउन विवश पनि छन् थुप्रै अभिभावकहरू ।
आफ्ना सपना पूरा गर्ने क्रममा कोही देशभित्रै त कोही विदेशमा पुलिस कस्टडीमा पुग्छन् त कोही तातो गोली समेत खान पुग्छन् । यस क्रममा कोही शहीद बन्छन् त कोही बनाइन्छन् । शहीदका सपना पूरा गर्ने नाममा पनि थुप्रैले आफ्ना सपना पूरा गर्न भ्याउँछन् । सपनाका व्यापारीहरू फेरि फेरि नयाँ नयाँ सपनाको जालो बुनिरहन्छन् । र, हाम्रा पुराना सपनाका मूर्तिहरूलाई नयाँ नयाँ भोटो लगाएर प्रदर्शन पनि गरिरहन्छन् ।
नयाँ धर्मको सपना, नयाँ स्वर्गको सपना, नयाँ पापमोक्षको सपना देखाउने व्यापार त झन् फस्टाएको छ । शुभलाभको गणितमा निष्ठाको हिसाब हुँदो रहेनछ । यसरी आफ्ना सपना पूरा गर्न टाठाबाठाहरू सिंगापुर र स्वीट्जरल्याण्डको सपना बेच्छन् । त्यसलाई धेरैले पत्याइदिन्छन् र त यहाँ सपना देखाउनेहरूको भाग्य चम्केको छ ।
यसरी हाम्रो पुस्ताको थुप्रै सपना भने भष्मीभूत हुने क्रममा छ । तर हरेक सपनाको आफ्नै मूल्य हुन्छ, जुन हाम्रो पुस्ताले चुकाइरहेकै छ । समानताको सपना देखाएर हजारौंका सिन्दूर पुछेर आफूलाई सिंहासनमा सजाउने काम दश वर्ष त मजैले चल्यो । पगरी बाँध्ने सपना देखेर लगौंटी गुमाउनेहरू थुप्रै भए देशमा ।
सपना पनि केही पुराना छन् । केही भर्खरका छन् । केही साना छन् । केही चर्का छन् । हाम्रा सपना सस्तो हो कि महँगो हो भन्ने कुरा लेखापरीक्षकले बताउन नसके पनि भविष्यले चैं अवश्य बताउला । तर हाम्रा सपना हराएका छैनन् र सजिलै हराउनेवाला पनि छैनन् । ‘सास रहेसम्म आश’ भनेजस्तो हाम्रा सपना कुनै न कुनै दिन पूरा हुने नै छ भनेर झीनो आशामा हामी कुदिरहेकै छौं ।
तर सपना देखेर मात्र हुँदो रहेनछ । सपनालाई विपनामा बदल्न त्यसको गोडमेल र संरक्षणमा पनि लाग्नुपर्दाे रहेछ । के हामीले हाम्रो सम्भावनाका सपनाहरूको संरक्षण र संवद्र्धनमा सधैं लागिपरेका छौं त ? र, हाम्रो सपनाहरूलाई बिगार्न र बिथोल्न खोज्नेहरूलाई हामीले बारम्बार प्रश्न गरिरहेका छौं त ? आजको मूल प्रश्न यही हो ।
तर हामी प्रश्न गर्दैनौं । हामी कि आँखा चिम्लेर बस्छौं, कि गाली गर्छौं, कि स्तुतिमा रमाउँछौं । किनकि हाम्रो आफ्नो कुनै सपना नै छैन । बहादुर भनेर कसैले पिठ्युँमा धाप मारेकै भरमा मर्न तयार हुने जातिको आफ्नो कुनै सपना हुन्छ र ? अर्काको सपना साकार पार्न आफ्नालाई सिध्याउने अनि आफू पनि सकिने जातिको पनि आफ्नो कुनै सपना हुन्छ र ? यस्तो भइरहुन्जेल नेपालमा फस्टाउने भनेकै सपनाको व्यापार हो है ! त्यसैले होला स्वदेशी होस् वा विदेशी लगानी सबै सपना उद्योगमै खर्च भइरहेको । विना लगानीको यो सपनाको उद्योग छैन त गज्जप ?
कैलालीको धनगढी उपमहानगरपालिका–१९ का रमेश चौधरी ३ विघा जमिनमा पाकेको धान बाली भित्र्याउने तयारीमा थिए । २ दिनभित्रै भित्र्याउने उनको तयारी थियो ।
तर आइतवार दिउँसोदेखि अविरल परिरहेको वर्षासँगै आएको बाढीले उनको धान बाली बगाएको छ । यससँगै वर्षभरिलाई पुग्ने गरी फलाएको धान भित्र्याउने उनको सपना चक्नाचुर भएको छ ।
खोलामा बग्न थालेको धान बटुल्न खेतमा पुगेका रमेशले भने, ‘अहिलेसम्म १० कट्ठाको धान मात्रै भित्र्याउन पाएका थियौं । ३ विघाको धान बग्यो । वर्षभरिलाई पुग्ने अन्न अब केही रहेन ।’
...
बझाङ-सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ ।इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ […]
भूमिकाकुमारी विष्ट-
साउन महिनाको अध्याँरो रात, मुसलधारे पानी परेको थियो। सानो टर्चले बाटो देखाउँदै हिँडेका श्रीमानको पछि पछि बिमला हिडिरहेकी थिइन्। उसको शरीरमा एउटा पातलो म्याक्सीमात्र थियो, खुट्टामा चप्पल पनि थिएन। आकाशबाट पानी जस्तै उसका आँखाबाट पनि निरन्तर आँशु बगिरहेका थिए। मध्यरातमा एक्कासी घरमा पानी पसेपछि उनीहरु ओत लाग्न अग्लो…
हेटौंडा : करिव २२ वर्षदेखि तुइन चढ्दै आएका मकवानपुरगढीबासी अहिले सपनाबाट ब्युँझिएजस्तै भएका छन्। ६ वर्षदेखि देखेको सपना बाढीले पुल बगाएपछि उनीहरू निराश मात्र हाेइन, विरक्तिएका छन्। तर बाढीले बगाएको यो पुल बनिसकेको थिएन। बागमती प्रदेश राजधानी हेटौंडाबाट केही किलोमिटरको मात्रै दूरीमा मात्र छ मकवानपुरगढी गाउँपालिका। तर यहाँका बासिन्दा अझै पनि खोला वारपार गर्न तुइनमा झुण्डिनुपर्ने सकस हटेको छैन। गाउँपालिका–३ र ५ जोड्ने पुल नबन्दा यहाँ बासिन्दालाई खोला तर्न सकसपूर्ण तुइ
काठमाडौं, ४ असार । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए । । नायिका शर्माले पिडितलाई राहत वितरण गरेर […]
विगत केहिदिन देखिको निरन्तर वर्षापछि आएको वाढीले जिउने आधार नै बगाएको महोत्तरीका बाढीपीडितहरुको दुखेसो छ । घर बनाउन वर्षौं लाग्यो । हेर्दाहेर्दै बाढीले सबै बगायो पीडित एकडारा गाउँपालिका वडा नं....पूरा पढ्नुहोस् »