मध्यरातिदेखि खेतमै बसेका किसानको पीडा : धान जति खोलामा बग्यो

कैलालीको धनगढी उपमहानगरपालिका–१९ का रमेश चौधरी ३ विघा जमिनमा पाकेको धान बाली भित्र्याउने तयारीमा थिए । २ दिनभित्रै भित्र्याउने उनको तयारी थियो । तर आइतवार दिउँसोदेखि अविरल परिरहेको  वर्षासँगै आएको बाढीले उनको धान बाली बगाएको छ । यससँगै वर्षभरिलाई पुग्ने गरी  फलाएको धान भित्र्याउने उनको सपना चक्नाचुर भएको छ । खोलामा बग्न थालेको धान बटुल्न खेतमा पुगेका रमेशले भने, ‘अहिलेसम्म १० कट्ठाको धान मात्रै भित्र्याउन पाएका थियौं । ३ विघाको धान बग्यो । वर्षभरिलाई पुग्ने अन्न अब केही रहेन ।’ ...

सम्बन्धित सामग्री

‘किसानको पीडा सरकारले सुन्दैन’

बेदकोट – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गरेका छन्। अधियाँमा धानखेती गरेका उनले खेतको बाली बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि भित्रयाउन सकेका छैनन्। पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उनले बताए। ‘पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार/पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,’ […]

अर्थमन्त्री शर्माद्वारा सुक्खा क्षेत्रको स्थलगत अवलोकन

नेपालगन्ज– बाँकेको नरैनापुरस्थित सुख्खा क्षेत्रको अर्थमन्त्री जनार्दन शर्माले आज स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीका कारण धान रोपाइँ गर्न नपाएका किसानको पीडा बुझ्न उनी नरैनापुर गाउँपालिका पुगेर वास्तविक अवस्थाको जानकारी लिएका छन् । विभिन्न वडाको अवलोकन गरेपछि मन्त्री शर्माले तत्काल गर्न सकिने र दीर्घकालीनरूपमा हल गर्न सकिने विषयमा आफूले प्रधानमन्त्री र मन्त्रीपरिषद्मा जानकारी गराएर […]

किसानको पीडा : भिजेको धान बिकेन

कञ्चनपुरको बेदकोट नगरपालिका—८ का नानकदेव जोशीले करिब ४० क्विन्टल धान घरभित्र थन्क्याएका छन् । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाभन्दा अगाडि नै धान भित्र्याएका उनले अझै बिक्री गर्न सकेका छैनन् ।