२६ पुस, काठमाडौं । नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि सर्वोच्च अदालतले छानविन सुरु गर्ने आदेश दिएसँग प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ ।
कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक- आफूमाथिको छानविन पूरा नहुँदासम्म …