प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन्। मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन्। ‘सडकका आवाजका भरमा म राजीनामा दिन्नँ‚’ न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले भने, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि तयार छु।’उनले आफू संवैधानिक बाटोबाट आएकाले व्यवस्थाअनुसार नै कायम रहने स्पष्ट पारे। छलफलमा न्यायाधीशहरूले प्रधानन्याय

सम्बन्धित सामग्री

जबरासँग आज दोस्रो दिन पनि बयान सुरु

काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँग आज दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि जबरा पुग्नुभएको छ । आजको बैठकमा उहाँलाई समितिले तयार पारेका र हिजो छलफल गर्न बाँकी रहेका प्रश्न राख्नेछ । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्व प्रधानन्य...

निलम्बित प्रधानन्यायाधीश जबरा बयानका  लागि संसदीय समितिमा

काठमाण्डाै – प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुग्नु भएको छ । उहाँलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्‍याएका छन् । जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ । ती प्रमाणलाई एकत्रित गर...

‘प्रधानन्यायाधीश जबरा न्यायालय सुधारको बाधक’

काठमाडौं । सर्वोच्च अदालत बारका पूर्वसचिव सुरेन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय सुधारका लागि हरिकृष्ण कार्कीको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि सुरु गरेको चौथो चरणको आन्दोलन कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले प्रतिवेदन कार्यान्वयन गर्छु भनेर प्रतिबद्धताबाट...

प्रधानन्यायाधीश जबरा यस्तो सर्तसहित राजीनामा दिन तयार

काठमाडौं, २४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् । उनले न्यायालयमा व्यापक सुधारसहित राजीनामा दिन तयार रहेको तर त्यसका लागि आफ्नो सर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव गरेका हुन् । विश्वस्त स्रोतका अनुसार जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने, उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा […]

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् । सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बेन्च बहिस्कारमा उत्रिएका छन् । उनीहरुले बन्दी प्रत्यक्षिकरणको मुद्दा बाहेक अरु मुद्दा नहेर्ने सर्त राख्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबराले भने न्यायालयलाई […]

राजीनामाबाहेक सबै विषयमा छलफल गर्न प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं, १६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र […]

महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरु भएको छ । सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले […] The post महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राजीनामा दिन्नँ, महाभियोग सामना गर्न तयार छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन्। बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन्।आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता व्यक्त गरे। नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको माग गरिरहेको बेला जबराको यस्तो अडान आएको हो। प्रधानन्यायाधीश जबरा

नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा

काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् । आफूमाथि लागेका आरोपलाई उनले गलत साबित गर्न नसक्दा न्यायाधीशहरूले उनलाई बहिष्कार गर्नेसम्मको स्थिति बन्न पुगेको छ । सर्वाेच्च अदालतका १४ न्यायाधीशले आइतबार बैठक बसेरै प्रधानन्यायाधीश जबराले सोमवारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका छन् । उनीहरूले इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन दबाव परेको छ । आइतवारको बैठकमा सर्वाेच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौँमा थिएनन् । १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए । यसैबीच, प्रधानन्यायाधीश जबराले आइतवार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेका छन् । उनले छलफलपछि सोमवारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए तर न्यायाधीशहरूले बैठकले बहिष्कार गर्ने निर्णय गरेसँगै बैठक के हुने भन्नेबारे अन्यौल सिर्जना भएको छ । ‘सञ्चारमाध्यममा आएका कुराहरू सत्य छैनन्’ नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरूसँग आइतवार भेटका क्रममा प्रधानन्यायाधीश राणाले आफ्नो बचाउ गरेका छन् । ‘सञ्चारमाध्यममा आएका विषयहरू असत्य हुन् । कुरा त्यस्तो होइन । मबाट कमीकमजोरी भएको छैन । भएको भए सुधार गरी अघि बढ्न म तयार छु,’ उनले भनेका छन् । भेटमा सहभागी बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश राणाले सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएकोबारे बार पदाधिकारीहरूलाई स्पष्ट पारेको जानकारी दिए । प्रधानन्यायाधीश राणाले आफूलाई सहयोग गर्न बार पदाधिकारीहरूसँग आग्रहसमेत गरेको उनले बताए । तर, बारका पदाधिकारीहरूले आफूहरूले प्रधानन्यायाधीशलाई सुरुदेखि नै सचेत गर्दागर्दै विषय धेरै अघि बढेको भन्दै यही अवस्थामा सहयोग गर्न नसकिने जवाफ दिएको महासचिव पौडेलले बताए । ‘तपाईंले भनेकै आधारमा हामी विश्वस्त हुन सक्दैनौँ भनेर प्रधानन्यायाधीशज्यूलाई भन्यौँ’, उनले भने, ‘यी विषयमा हामीले पहिलेदेखि प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गर्दै आएका थियौँ । तैपनि नरोकिएको उहाँलाई भन्यौँ ।’ मन्त्रिपरिषद्मा भागबन्डा खोजेको विषयमा बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले भनेका थिए, ‘गजेन्द्र हमालकी बहिनीसँग विवाह भएको हो । २०४१ सालमै उनको निधन भयो । अहिले हमाल परिवारसँग मेरो आउजाउ छैन । मेरो नाम जोडेर मन्त्री बन्ने कुरा आएपछि मैले प्रधानमन्त्रीलाई नै नियुक्त नगरिदिनुहोस् भनेको थिएँ । तर मन्त्री नियुक्त गर्नुभयो । पछि छाड्नु भो । यसमा मेरो कुनै संलग्नता छैन ।’ बारका महासचिव पौडेलका अनुसार फुलकोर्टको बैठकमा हाल न्यायालयसम्बन्धी उठेका सम्पूर्ण विषयमा विस्तृत छलफल हुने प्रधानन्यायाधीशले जानकारी दिएका थिए । उक्त बैठकबाटै आफ्ना कमीकमजोरी सुधारेर अघि बढ्ने प्रधानन्यायाधीश राणाले वचन दिएको महासचिव पौडेलले जानकारी दिए । बारले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न माग गर्दै आएको छ । यसका लागि उसले १५ दिने अल्टिमेटमसमेत दिएको समेत छ ।