काठमाडौं : उपत्यका प्रवेश गर्ने नागरिकलाई एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ।सम्बन्धित नगरपालिकाले स्वास्थ्य सामग्री राखेर प्रवेश गर्ने नागरिकहरुको परीक्षण गर्न निर्देशन दिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिकाले हेल्थ डेस्क राखी परीक्षण गर्न गर्ने भएका हुन्। स्वास्थ्य कार्यालयबाट सामग्री पाएपछि र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि प्रक्रिया बढाइनेछ।साँगा न