काठमाडौं । एमाले नेता प्रदीप नेपालले माधव नेपाल पक्षलाई राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन् । उनले हतारमा राजीनामा दिएपछि अफ्ठ्यारो पर्ने चेतावनी पनि दिएका छन् । पछिल्लो समय एमालेमा निष्क्रिय जस्तै रहेका नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’आजै नेपाल समूहको बैठकले केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको । त्यतिबेलासम्म पनि आफूहरुको माग पूरा नभए राजीनामा दिनेसम्मको तयारी नेपाल समूहका सांसदक