नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष माधव कुमार नेपालले उपाध्यक्ष वामदेव गौतमले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको दावी गरेका छन् ।
आफु पक्षीय अखिल नेपाल महिला संघको भेलालाई सोमवार काठमाडौंमा सम्वोधन गर्दै नेता नेपालले प्रचण्डले नभइ गौतमले राजीनामा माग गरेको बताएका हुन् ।
‘केपीको पहिलो राजीनामा माग गर्ने व्यक्ति वामदेव हो, प्रचण्ड होइन । मेरो सामुन्नेमा केपी ओलीलाई भन्नुभयो– नवौं महाधिवेशन देखि साथ दिएर मैले भयंकर गल्ती गरे, तपाईमा कम्युनिष्टमा हुनुपर्ने गुण छैन । प्रधानमन्त्...