एमाले एकताको प्रयास विफल, माधव समूहले राजीनामा दिने

काठमाडौं। आज माधव समूहका सांसदहरूले राजीनामामा हस्ताक्षर गरेपछि नेकपा एमालेको एकता प्रयास विफल भएको छ। माधव समूहका सांसद यज्ञराज सुनुवारले भने, “जेठ २ गतेमै पार्टी फर्केन भने हुने नै त्यही हो, हाम्रो प्रयास नै त्यही थियो।” बिहीबारदेखि नै एमालेका दुई पक्षका नेताहरू एकता जोगाउन छलफलरत थिए। नेपाली कांग्रेसले माधव समूहको राजीनामा आए मात्र अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको थियो।

सम्बन्धित सामग्री

रेखालाई उपराष्ट्रपति बनाएर शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास असफल

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो । ४ मंसिरमा भएको चुनावमा शर्माले […]

सांसद महेश बस्नेतले मागे महान्यायाधिवक्ता खातीको राजीनामा

काठमाडौँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे । सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी […]

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]

संसदमा एमालेको नारावाजी, सुरू हुनासाथ अवरोध

काठमाडौं : प्रतिनिधिसभाको हिउँदे अधिवेशन ससरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ। सभामुखको राजीनामा मागेर नारावाजी गर्दै एमाले सांसदहरूले बैठक अवरुद्धको प्रयास गरिरहेका छन्।

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ

भीम रावलद्वारा राजीनामा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो...

प्रम ओलीले बोलाए स्थायी कमिटी बैठक, एकता जोगाउन प्रयास गरिने

काठमाडौं।एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।अहिले ९ बजे बालुवाटारमा कमिटीको बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले देखापढीलाई बताए। पार्टीभित्र देखिएको समस्या र माधवकुमार नेपाल समूहलाई कसरी मिलाउन सकिन्छ भन्नेबारे समाधान खोज्न प्रयास गरिने उनले बताए। यसैबीच उपमहासचिव विष्णु पौडेल छलफलका लागि माधव नेपाल निवास कोटेश्वर पुगेका छन्।पौडेलले माधव समूहको राजीनामा रोक्न प्रयास गरिरहेका छन्।

सहमति जुटाउन माधव नेपाल पक्षका नेताहरुसँग छलफलमा विष्णु पौडेल

काठमाडौं। माधव नेपाल समूहका नेताहरूसँग एमाले उपमहासचिव विष्णु पौडेलले छलफल गरिरहेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेता योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टसँग पौडेलले छलफल गरिरहेका छन्। पौडेलले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ। केहीबेर अघिमात्र माधव नेपाल पक्षीय सांसदको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको थियो।

माधव नेपाल पक्षधर २० सांसदले राजीनामा दिनेगरि हस्ताक्षर गरे, एमालेको एकता टर्यो

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेमा एकताको प्रयास थालिएको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्ष आफ्नो अडानबाट टसमस नभएपछि एकता टरेको हो । माधव पक्षले […]