एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

भदौ ८, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साउन ५ गतेदेखि २५ गते सम्मका लगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिनको अवधि थप गरी आज अर्थात् भदौ ८ गतेसम्मको मिति तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।  कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते (एक दिन) बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ ।  उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

अपर तामाकोशीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ १८ गतेदेखि विक्रीमा आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । शतप्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।  हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रूपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ भने रिटेन्ड अर्निग ६ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा अघिललो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रूपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रूपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३४ रूपैयाँ ६७ पैसा छ ।

बरुण हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

बरुण हाइड्रोले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गरेको हो।

बरुण हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बरुण हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले  हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाएको हो।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

माघ १२, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  उक्त हकप्रद खरीदका लागि कम्पनीले शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरेकोमा उक्त समयमा पूर्ण आवेदन नपरेपछि माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा रू। १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पछियो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सोमार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ प्रदान गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि शुक्रवार (मंसिर २४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

ग्लोबल आइएमई समुन्नत स्किम -१ को शतप्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २१, काठमाडौं । ग्लोबल आइएमई समुन्नत स्किम -१ को शतप्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) सम्म रहेको छ । फण्डले शतप्रतिशत नगद लाभांश वितरणको लागि बुधवार बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउने छन् । फण्डले आव २०७७/७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेको छ ।

एचआइडिसीएलको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

असोज १४, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआइडिसीएल) को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ । कम्पनीले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो ।  कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्रीमा ल्याएको हो ।   लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।  शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकको तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिने छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।

एचआईडिसीएल लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन. यि हुन् संकलन केन्द्र

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि लिलाम बढाबढमा सेयर बिक्रि खुला गरेको हो। कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भईरहेको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो।शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। ग्लोबल आईएमई बैंकको शाखाहरु बिर्तामोड, हनुमान दास रोड, जनकपुर, आदर्शनगर बिरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, शुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । , आवेदन दिंदा सर्बसाधारणको हकमा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । त्यस्तै संस्थापक शेयरको हकमा  न्युनतम १ करोड कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ।एचआईडिसीएल ले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो। साउन ५ गतेदेखि साउन २५,२०७८ सम्म हकप्रदमा आवेदन दिन सकिने थियो तर उक्त मितिसम्म पनि पर्याप्त आबेदन नपरे पश्चात एचआईडिसीएलले अहिले नपरेका अर्थात बिक्रि नभएका संस्थापक र सर्वसाधारण समुह तर्फको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जेठ २७, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडिसीएल) को हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् । कम्पनीले निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो । कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ ।