मंसिर २१, काठमाडौं । ग्लोबल आइएमई समुन्नत स्किम -१ को शतप्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) सम्म रहेको छ ।
फण्डले शतप्रतिशत नगद लाभांश वितरणको लागि बुधवार बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउने छन् ।
फण्डले आव २०७७/७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेको छ ।