एचआईडिसीएल लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन. यि हुन् संकलन केन्द्र

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज असोज १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि लिलाम बढाबढमा सेयर बिक्रि खुला गरेको हो। कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भईरहेको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो।शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ। ग्लोबल आईएमई बैंकको शाखाहरु बिर्तामोड, हनुमान दास रोड, जनकपुर, आदर्शनगर बिरगंज, हेटौडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, शुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । , आवेदन दिंदा सर्बसाधारणको हकमा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । त्यस्तै संस्थापक शेयरको हकमा  न्युनतम १ करोड कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ।एचआईडिसीएल ले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको हो। साउन ५ गतेदेखि साउन २५,२०७८ सम्म हकप्रदमा आवेदन दिन सकिने थियो तर उक्त मितिसम्म पनि पर्याप्त आबेदन नपरे पश्चात एचआईडिसीएलले अहिले नपरेका अर्थात बिक्रि नभएका संस्थापक र सर्वसाधारण समुह तर्फको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन ३२, काठमाडौं । साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।  यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्रीमा ल्याएको हो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।  साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो ।  स्थानीयपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।