लोकतान्त्रिक वाम गठबन्धनका मोरङ ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर सुनिल शर्माले राप्रपाकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रूपमा प्रयोग गरी मतदाताले विवेक पु¥याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो । २०७४