डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति।