मैले धेरै ठाउँमा जान छोडेको कारण मलाई बारम्बार मेरो नाम नलिनु र लिइहाले पनि मेरो नामको अगाडि डाक्टर र पछाडि पिएचडी नजोड्नु हो। अलिक अगाडिसम्म एउटा नेपाली संस्थाको कार्यक्रममा जाने गरेको थिएँ किनकी कार्यक्रम सञ्चालकले मेरो नाम पूरै भनेर मेरो नाम लिई दिनुहुन्थ्यो। अचेल जान्नँ। डाक्टर भन्नु पनि छैन, खादामाला पनि छैन, आशन ग्रहण पनि छैन, मलाई मेरो डाक्टरीको अपमान भयो जस्तो लाग्यो। जान छोडिदिएँ।