विराटनगरः नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय उपाध्यक्ष गोविन्द थापाले सञ्चालन गरेको विनर्स लिकर्सले अन्तःशुल्कको नक्कली स्टिकर लगाएको पुष्टि भएको छ।
विभिन्न मदिरा उद्योगमा छापा मार्ने क्रममा थापाको विनर्स लिकर्समा समेत आन्तरिक राजस्व विभागले शिलबन्दीसँगै अनुसन्धान गर्दा नक्कली स्टिकर लगाएको पुष्टि भएको हो। गोविन्दले दाजु वुद्धिमानसँग मिलेर झापाको गौरादह