मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ। उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो। नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा…