जिल्लामा आजबाट दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइएको छ । सोमबारबाट सुरु भएको विशेष अभियानअन्तर्गत सुनसरीमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।
काठमाडौँ – सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला […]
सुर्खेत । सुर्खेतमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बन्दै गएको छ । केही समय पहिला सुर्खेतमा पाँच जनामा दादुरा देखापरेको थियो । ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको थियो । जसमा वीरेन्द्रनगर र चिङ्गाडका दुईदुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको थियो । सुर्खेतका नौ वटै स्थानीय तहमा जेठ २८ गते खोप […]
चितवन– जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ […]
नेपालगञ्ज – बाँकेको कोहलपुरमा पनि आजदेखि दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकाका चार वटा वडाका ६ वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ। कोहलपुरमा पहिलो दिन २, ११, १३ र १४ नम्बर वडामा खोप अभियान सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिकामा १५ वटा वडा […]
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले कुनै कसर बाकी नराख्नेसमेत बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारीहरुको एक टोली शनिबारदेखि नेपालगञ्जमा आएर दादुरा–रुवेला प्रकोप फैलिएको अवस्था बुझिरहेको छ ।
नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ। दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्। दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा […]
काठमाडौँ : नेपालगञ्जमा तीव्र रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न दादुराविरुद्धको खोप अभियान तीव्र पारिएको छ।दादुरा फैलिएको नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा स्थानीय तह, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा खोप कार्यक्रम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।उनका अनुसार हाल स्कुल र स्थानीय स्वास्थ्य संस्थालाई आधार मानेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई