दादुराविरुद्धको खोप अभियानको निरीक्षणमा मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले  दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले  कुनै कसर बाकी नराख्नेसमेत बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारीहरुको एक टोली शनिबारदेखि नेपालगञ्जमा आएर दादुरा–रुवेला प्रकोप फैलिएको अवस्था बुझिरहेको छ ।

सम्बन्धित सामग्री

मधेस प्रदेशः उन्नाइस लाख बालबालिकालाई दादुराविरुद्धको खोप

जनकपुरधाम, १३ फागुन । सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ […]

थप ३० हजार डोज दादुराको खोप नेपालगञ्ज आइपुग्यो

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ। दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्‍याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्। दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा […]

दादुरासम्बन्धी अभिमुखीकरण अभियान

नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ। दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो। दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ। अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ। अभिमुखीकरणमा दादुराबारेमा जानकारी […]