सुर्खेतमा दादुराविरुद्धको खोप अभियान प्रभावकारी

सुर्खेत । सुर्खेतमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बन्दै गएको छ । केही समय पहिला सुर्खेतमा पाँच जनामा दादुरा देखापरेको थियो । ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको थियो । जसमा वीरेन्द्रनगर र चिङ्गाडका दुईदुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको थियो । सुर्खेतका नौ वटै स्थानीय तहमा जेठ २८ गते खोप […]

सम्बन्धित सामग्री

दादुराविरुद्धको खोप अभियानको निरीक्षणमा मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले  दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले  कुनै कसर बाकी नराख्नेसमेत बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारीहरुको एक टोली शनिबारदेखि नेपालगञ्जमा आएर दादुरा–रुवेला प्रकोप फैलिएको अवस्था बुझिरहेको छ ।