थप ३० हजार डोज दादुराको खोप नेपालगञ्ज आइपुग्यो

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा खोपको दायरा बढाउँदै लगिएको छ। दादुरा संक्रमण देखिएपछि तीन वटा वडाबाट सुरु गरिएको खोप अभियान १४ वटा वडा पुर्‍याइएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा २३ वडा छन्। दादुराविरुद्धको खोप मासिक रुपमै लगाइन्छ। तर यसमा छुटेका धेरै बालबालिकामा दादुरा देखिएपछि विशेष अभियानको रुपमा अहिले खोप लगाइएको छ। सरकारले खोपलाई प्राथमिकतामा राखेपछि नेपालगञ्जका सबै वडामा […]

सम्बन्धित सामग्री

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आइपुग्यो

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान एक लाख ६२० मात्रा फाइजर खोप नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप सहयोग गरेको हो । यसअघि, १५ लाख ३० हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप...

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन

बेलायतले दिएको एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

११ भदौ, काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् । 130k UK Astra Zeneca vaccines just arrived in Nepal. @mohpnep @MofaNepal @NepalEmbassyUK #UKaid pic.twitter.com/TbrxwHaPVq — NicolaPollitt (@NicolaPollittUK) August 26, 2021 राजदूत […]

भुटानबाट आइपुग्यो २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप

भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप काठमाडौं आइपुगेको छ। भुटानको ड्रुक एयरलाइन्सले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाललाई दिएको हो। यसअघि परराष्ट्र मन्त्रालयले भुटानबाट सापटीमा खोप ल्याउन लागेको जनाएको थियो। भुटानका ९५ प्रतिशत बढीलाई पूर्णखोप लगाइसकेपछि बाँकी रहेको खोप नेपाल […]

अमेरिकाले दिएको १५ लाख ३० हजार डोज खोप आइपुग्यो

अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो।