काठमाडौँ : नेपालगञ्जमा तीव्र रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न दादुराविरुद्धको खोप अभियान तीव्र पारिएको छ।दादुरा फैलिएको नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा स्थानीय तह, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा खोप कार्यक्रम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।उनका अनुसार हाल स्कुल र स्थानीय स्वास्थ्य संस्थालाई आधार मानेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई