राष्ट्रियसभाका सदस्य एवं नेकपा एमाले माधव नेपाल पक्षका नेता डा. वेदुराम भुसालले दुईवटा कुरा प्रष्ट पारेका छन् ः एक– माधव नेपाल समूह तत्काल सरकारमा जाँदैन । दुई– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको गठबन्धन तोडिँदैन ।केपी शर्मा ओली एकतर्फीरुपमा अघि बढेका कारण एमालेभित्रको एकताको सम्भावना भने कम हुँदै गएको नेता भुसालले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अर्को पक्ष एकपक्षीय ढङ्गले निर्णय गरेर गइरहेको छ, जसले गर्दा एमाले एकताको सम्भावना न्यून हुँदै गएको हो कि भ