फागुुन ३०, काठमाडौं । आइतवार बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट फागुन २९ गते एकै दिन ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । फागुन २७ गते शुक्रबारसम्म ४६ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा आइतवार २ अर्बले बढेर कुल ४६ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै शुक्रवारयता बैंक तथा वित्तीय संस्थामा थप २ अर्ब रुपैयाँ निक्षेप संकल भएको छ । शुक्रवारसम्म निक्षेप संकलन ४८ खर्ब ९१ अर्ब रुपैयाँ भएको थियो । आइतवार वित्तीय क्षेत्रमा ४८ खर्ब ९३ अर्ब रुपैयाँ संकलन भएको थियो ।
यसैगरी कर्जा प्रवाह बढेसँगै सीडी रेसियोमा चाप परेको छ । निक्षेप संकलनमा कमी आएको समयमा कर्जा प्रवाह बढ्दा सीडी रेसियोमा चाँप परेको हो । राष्ट्र बैंकका आइतवारसम्म सीडी रेसियो ९० दशमलव ५६ प्रतिशत रहेको छ । यो गत शुक्रवारका तुलनामा शून्य दशमलव शुन्य ९ प्रतशितले वृद्धि भएको हो । शुक्रवार सीडि रेसियो ९० दशमलव ४७ प्रतिशत रहेको थियो ।