काठमाडौं । वाणिज्य बैंकहरूको सीडी रेसियो ९१ दशमलव २२ प्रतिशत पुगेको छ ।
नेपाल बैंकर एशोसिएशनले सार्वजनिक गरेको चैत २५ गतेसम्मको तथ्याङ्क अनुसार औषत सीडी रेसियो ९१ प्रतिशत भन्दा बढी पुगेको हो । गत हप्तासम्म ९१ दशमलव २० प्रतिशत रहेको सीडी रेसियो सामान्य वृद्धि भएको हो ।
बैंकिङ क्षेत्रमा तरलता अभाव चर्कीरहँदा वाणिज्य बैंकहरूले अत्यावश्यक बाहेकका एलसी नखोल्ने निर्णय गरेका छन् ।
अहिले बैंकिङ प्रणालीमा ४३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
अघिल्लो हप्ताको तुलनामा ४ अर्ब रुपैयाँ निक्षेप संकलनमा वृद्धि हुँदा कर्जा २ अर्बले बढेको छ ।