मोरङ= कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकमा आदिवासी जनजातिको संस्कृति गौरवमय रहेको बताएका छन् । मंगलबार सुनसरीको बर्जु गाँउपालिकामा आयोजित बर्जु माघीको चौथो संस्करणको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले थारु संस्कृतिको संरक्षणमा सरकार गम्भीर रहेको बताए। थारु संस्कृति अतिक्रमित भइरहेको बताएका मुख्यमन्त्री कार्कीले थारु संस्कृतिको संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गरिनुपर्नेमा जोड दिए। उनले भने, थारु संस्कृति प्रदेशको […]