काठमाडौं : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाइने भएको छ।देशभरका हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाउने निर्णय भएको हुनाले सोही संख्यामा स्वास्थ्यकर्मी खटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीर अधिकारीले बताए।‘हालसम्म हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी राख्ने निर्णय भएको छ। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जनस्वास्थ