दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य मन्त्रालयको निर्णयप्रति स्वास्थ्यकर्मी युनियनको आपत्ति
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्ने र दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयप्रति नेपाल स्वास्थ्यकर्मी युनियनले आपत्ति जनाएको छ।
एघार महिनादेखि तलब भत्ता नपाएपछि रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै आएका स्वास्थ्यकर्मीले साउनदेखि तलबभत्ता, चाडपर्व र पोसाक भत्ता नपाएको गुनासो गर्दै गत बिहीबारदेखि रास्कोट नगरपालिकाको गेटमा अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनायता तलबभत्ता पाएका छैनन् । माघको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी महानगरमा तारन्तार धाइरहेका छन् । महानगरका ४८ स्वास्थ्य संस्थामा कार्यरत १ सय ९० स्थायी कर्मचारीले तलबभत्ता नपाएका हुन् ।
सुर्खेत । जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास...
सिञ्जा : जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले छ महिनाको तलबभत्ता भुक्तानी माग गरेका हुन्।
नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घलग...