स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी छिन्। फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा...
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारमार्फत स्वास्थ्य क्षेत्र हस्तान्तरण भएपछि यहाँका स्वास्थ्यमा सुधार हुन थालेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरुले सीमित साधनस्रोत भएर पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको जानकारी दिए ।
मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले आधारभूत स्वास्थ्यका लागि वडावडामा स्वास्थ्य संस्था स्थापना भए पनि गुणस्तरीय स्वास्थ्य सेवा जनताले अझै पाउन नसकेको बताए । उनले भने, “मधेस प्रदेशमा सुत्केरी तथा शिशुको मृत्युदर अन्य प्रदेशका तुलनामा उच्च भएकाले त्यसमा सुधार गर्नका लागि स्वास्थ्य क्षेत्रका अगुवालाई आग्रह गरिएको छ ।” प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको सुपोषित प्रदेश बनाउने र मातृ तथा शिशु मृत्युदर घटाउने नीतिलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न आवश्यक भएको उपाध्यक्ष चौधरीले बताए ।
प्रदेशसभा सदस्य रुपाकुमारी यादवले मधेस प्रदेशका स्वास्थ्यकर्मी तथा शिक्षक देशमा नै नाम कहलिए यहाँको स्वास्थ्य क्षेत्र पछाडि पर्नाको कारणबारे प्रश्न उठाए । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवले मधेसको स्वास्थ्य क्षेत्र विगत पाँच वर्षयतादेखि निरन्तर सुधार भइरहेको बताउँदै अहिले स्वास्थ्यका धेरै पूर्वाधारको व्यबस्ता तथा उपचार पनि शुरू गरिएको छ भने।
सबै जिल्लामा १५ शय्यामा सञ्चालित अस्पताललाई प्रादेशिक अस्पतालमा ल्याएर एक सय शय्या सञ्चालन गर्ने काम भएको उनको भनाइ थियो । सचिव यादवले प्रदेशमै गुणस्तरीय प्रयोगशाला तथा दुई करोड डोज अटाउने खोप भण्डार गृह सञ्चालनमा ल्याइएको जानकारी दिए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले मधेस प्रदेशमा धनी तथा गरिबबीच खाडल भएका कारणले गरिबमा कुपोषण तथा धनीमा नसर्ने रोगको समस्या भएको बताए ।
निर्देशनालयका निर्देशक डा राजीवकुमार झाले जनशक्ति तथा साधन स्रोतको अभावले कतिपय क्षेत्रमा चाहेजतिको कामकाज गर्न नसके पनि स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले भने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पालिकासँगको सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा केन्द्रका निर्देशक डा अरुण बास्तोला, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा नागेन्द्रप्रसाद यादव, राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा सरोजकुमार खड्का र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा चुमनलाल दास, क्षयकुष्ठ रोग अधिकृत राजवीर यादवसहितले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । रासस
अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा. अल्भेरो बरमेजोले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटी द्विपक्षीय प्रतिबद्धता जनाउनु सकारात्मक र समयसापेक्ष विषय हो । डा. अल्भेरोले प्रधानमन्त्रीसमक्ष नेपाल परिवार नियोजन संघलाई प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुले सेवाग्राही र यो क्षेत्रमा खट्ने स्वास्थ्यकर्मी, स्वयंसेवीहरुमा खुशी थपिनुका साथै मातृ शिशु मृत्युदरमा […]
कैलाली । बाजुरामा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले स्वास्थ्यकर्मी नहुँदा बाटोमा नै शिशुलाई जन्म दिएकी हुन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक […]
कैलाली । बाजुरामा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले स्वास्थ्यकर्मी नहुँदा बाटोमा नै शिशुलाई जन्म दिएकी हुन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक […]
कालीकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोट स्वास्थ्यचौकीमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाएपछि उपचार सेवा बन्द भएको छ । स्वास्थ्यचौकीका सबै स्वास्थ्यकर्मी करारमा थिए । गाउँपालिकाले कर्मचारीको करार नवीकरण नगरेपछि स्वास्थ्य चौकीको सेवा प्रवाह बन्द भएको हो ।
जुम्ला : हिमा गाउँपालिका-६, पातारखोला गाउँकी किट्टी दमाई महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले यो काम गर्न थालेका एक दशक नाघिसकेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु र बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैमा उनको दैनिकी बित्ने गरेको छ।‘ग्रामिण क्षेत्रमा सार्वजनिक स्वास्थ्यका सबै पक्ष महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीमा छ। यहाँ हामी महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्
सल्यान : कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिम कम गर्न सल्यानमा सुत्केरीको घरमै पुगी स्वास्थ्य सेवा दिन थालिएको छ। कोरोना महामारीको समयमा सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम उच्च हुने भएकाले त्रिवेणी गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको हो।
नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै...