प्रहरीले भन्यो : अनलाइनमार्फत ठगी गर्ने  गिरोह सक्रिय, ठगीमा पर्नुहोला, सचेत हुनुस्

फागुन ३, काठमाडौं । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । ब्यूरोले अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करबापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन भनेको छ । त्यस्तै उसले अपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन पनि आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सर्वसाधारणले थाहै नपाई ठगिन सक्ने भन्दै प्रविधिको दुरुपयोगबाट बच्न आग्रह गरेका छन् । उनले विद्युतीय कारोबार गर्दा हुने जोखिमका बारेमा जारी हुने राष्ट्र बै‌कको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सूचनाबाट समेत जानकारी लिन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

अनलाइनमार्फत ठगी गर्ने नौ भारतीय नागरिक पक्राउ

प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौजना भारतीय नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्। उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब […]

अनलाइनमार्फत ठगी गरेकाे आराेपमा २ चिनियाँ सहित ४ पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आराेपमा प्रहरीले दुई चिनियाँ सहित चार जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।...

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाइदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता …

इटालियन युवती हुँ भन्दै प्रेमकाे प्रपञ्च, १७ लाख ठगिएपछि ललितपुरबाट पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ- सामान पार्सल गरी पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा ८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाइदिए भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसएपमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ […]

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल […]

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ

कमाठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका १ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो । उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इङ्गल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी इङ्गल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी […]

नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

९ भदौ, काठमाडौं । प्रहरीले हराएको नागरिकता दुरूपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका-१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्‍ने २३ वर्षीय बिनी बहादुर कार्की रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्कीले पीडित सन्दीप न्‍यापानेको नाममा जिल्ला […]

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]