बीमा समितिद्वारा कलैयामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्थानीय तहमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई अभियानका रुपमा अगाडि बढाउने क्रममा बीमा समितिले आज प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ  । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बीमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका समितिले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बीमाको दायरामा ल्याउनका लागि उपमहानगरपालिकाको आगामी बैठकमा बीमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने जानकारी दिए ।बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विपद्बाट हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक क्षतिलाई न्यून गर्नका लागि उपमहानगरपालिकाले बीमा सम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बीमाको दायरामा ल्याउनुपर्ने बताए। उनले आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई स्वयम् नै बीमा गर्न प्रोत्साहित गर्न र न्यून आय भएका बर्ग पहिचान गरेर उनीहरुका लागि भने उपमहानगरपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिए ।अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रुपमा अगाडि बढाएको उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए । साथै, उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न र पशुपन्छी तथा कृषि बीमाको महत्वका बारेमा कृषकहरुलाई जानकारी दिन आग्रह गरे।कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा दात्री भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।बीमा समितिको आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातून, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरको अन्तरक्रिया कार्यक्रम

काठमाडौँ– नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रम भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्ध प्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक अन्तरक्रिया […]

जीवन बीमा अभिकर्तालाई पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालीम तथा अन्तरक्रिया कार्यक्रम’ शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा ‘जीवन बीमा र व्यावसायिक सफलता’ विषयमा प्रस्तुति दिँदै प्राइम लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बीमा अभिकर्ता बीमा व्यवसायको मेरुदण्ड भएको बताए । संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गरे । अभिकर्ता पेशालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्ने नीतिअनुरूप कार्यक्रम गरिएको उनले बताए । कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागमा प्रमुख दीपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिएकी थिइन् । संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु अहिलेको आवश्यकता भएको बताएका थिए ।

बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष […]

जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पूँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पूँजी वृद्धि गर्नै पर्ने बताए । लगानी अनुरूपको […]

सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाडौँ – बीमा समितिको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूपअनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमाबारेका फरक–फरक बुझाईमा […]

प्रदेश २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

बीमा समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते (हिजो) बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का म...

बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज– बीमा समितिको आयोजनामा मंगलबार बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख […]

शिवम् सिमेन्टले प्रदेश २ मा निर्माणकर्मीसँग अन्तरक्रियासँगै गर्‍यो ५ लाखको बीमा

शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लाका १२ स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्माणसम्बन्धीको प्राविधिक अन्तरक्रियामा एक हजार भन्दा बढी निर्माणकर्मीको सहभागिता थियो ।  कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।  योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको ...

प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमा समितिको आयोजनामा आइतवार विराटनगरमा प्रदेश नं. १ का मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरुको उपस्थिति र सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देशमा बीमा क्षेत्रको समग्र विकासका साथै बीमाको पहुँच विस्तारका लागि बीमा समितिले प्रदेश सरकारहरुसँग छलफल एवम् अन्तरक्रिया गर्ने क्रममा प्रदेश नं. १ मा कार्यक्रम आयोजना गरिएको हो । चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्ति लगायतका विभिन्न बीमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए । शुरुवाती ...