कोभिड कोषमा १० करोड थप गर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा बजेट थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । बैठकले जेठ २५ गते प्रदेश सभामा प्रस्तुत हुने सरकारको नीति कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुखलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । 

सम्बन्धित सामग्री

कोभिड कोषमा १० करोड थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।त्यस्तै बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भोलि नीति कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए  ।