लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रमुख शेरचनले ‘समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गर्नुभयो । राष्ट्रको गौरव र प्रदेशको पहिचान …