कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा सोमबार विराटनगरमा आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उहाँले …