काठमाडौं : नेकपा एमालेका महसचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको रहस्य खुल्दै गएको दाबी गरेका छन्। आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिने क्रममा परमादेशको रहस्य खुल्दै गएको बताएका हुन्। उनले भने, ‘एमाले र केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चेनक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनता