देशमा रमिता छ

वर्षौं पहिले बुवाले बेलुकी ७ बजे रेडियो नेपालमा समाचार सुन्नुहुन्थ्यो । गाउँघरका अन्य दौंतरीसँगै बसेर चिया, चुरोट पिउँदै कान थापेर समाचार सुनेको देख्दा अच्चम लागेर आउँथ्यो । समाचार नसकुन्जेलसम्म हामीलाई बोल्न अनुमति हुँदैनथ्यो । सिंहदरबारबाट कोसौं टाढा दुर्गममा बसेर पनि देशका घटनामा सबैको गहिरो चासो हुनेगथ्र्यो । देशमा हुने बजेट भाषणदेखि मन्त्री, प्रधानमन्त्रीको छनोटमा उहाँहरूको […] The post देशमा रमिता छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गधा पनि आन्दोलनमा

कोही यहाँ क्रिकेट नामको खेल बेचिरहेका छन् । त कोही थाना र कोही जेल बेचिरहेका छन् । पैसाको खेल हो यो, शताब्दीका खलनायकहरू जनतालाई सपनाको रेल बेचिरहेका छन् । त्यसैले त यहाँ चार सिटेहरूलाई पनि उपप्रधानमन्त्री नै चाहियो रे, १० सिटेलाई त प्रधानमन्त्री नै । १० भन्दा बढी सीट उछिट्याउनेहरूलाई के दिने ? हे भोका नांगाका मसिहाहरू हो, भागबण्डा गरेर सबै खाऊ, सबै लेऊ । बस, जनतालाई अलिकति केही गरेर बाँच्ने अर्थात् खाने र सास फेर्ने आधार त देऊ । अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे । अहिले हरेकका मनमा यस्तै भाव उर्लिरहेको पाइन्छ । अहिले देशमा यति चरम निराशा छ कि हरेकको मन उद्वेलित छ । र, हरेक व्यक्ति र समुदाय आन्दोलित छ । यस्तो राजनीतिक अस्थिरता र नेताहरूको यस्तो रवैयामा हुन्छ के नै अर्थोक ? मानिस त मानिस अब गधाहरू पनि हडतालमा उत्रिन थालेका छन् । अनि ती गधा एक्ला एक्लै छैनन् । राजनीतिक दलहरूबाट उनीहरूले पनि संगठन बनाउन सिकिसकेका छन् । गधाहरूको संगठन ‘अल नेपाल गधा एसोसिएसन’ (अनेगए)का तर्फबाट सरकारसँग विभिन्न माग पनि पेश गरिसकिएको छ । अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे । मानिसहरू समय समयमा मान्छेलाई गाली गर्नुपर्दा ‘तँ गधा हो’ भनिरहेका हुन्छन् । ‘दिल लगी गधी पे तो परी क्या चीज है’ भनेर गधाका आधा आकाशलाई हेपिरहेका छन् मानिसहरूले । यसले गधाहरूको अपमान भएको छ रे । आखिर मान्छेले गधालाई यति मूर्ख किन सम्झन्छ ? यति अछुत किन सम्झन्छ ? यो अपमान कहिलेसम्म सहने ? मानिसहरूको यस्तै व्यवहारका कारण नै गधाहरू हडतालमा जाने निधो गरेका रहेछन् । जब गधाहरू हडतालमा उत्रिए, तब अखवारहरूले पनि भँगेरे टाउके शीर्षकमा गधाका हडतालका समाचार महत्त्वका साथ छाप्न थालेका छन् । अनि त के ? पशु अधिकारवादीहरू पनि गधाहरूको हडतालमा ऐक्यबद्धता जनाउन सडकमा आइरहेका छन् । मैनबत्ती चोक (माइतीघर मण्डला)तिर मैनबत्ती पनि जलिरहेका छन् गधा आन्दोलनलाई बल दिन । यसो हेर्दा माहोल यस्तो देखिँदै छ कि समयसँगै गधाको यो आन्दोलन राष्ट्रव्यापी पो बन्ला जस्तो छ । जनआन्दोलन १ ले प्रजातन्त्र ल्यायो, जनआन्दोलन २ ले गणतन्त्र ल्यायो । अब जनआन्दोलन ३ अर्थात् गधा आन्दोलनले कस्तो तन्त्र ल्याउला भन्ने सबैलाई चासो छ । तर गधा आन्दोलनले ल्याउने तन्त्र पहिला भाग १ र २ भन्दा पक्कै पनि राम्रो हुनेछ, यसमा चाहि शंका छैन । त्यसैले त देशका राष्ट्रिय मिडिया पनि गधाहरूको हडताललाई ब्रेक गर्ने वा कभर गर्ने होडबाजीमा छन् । हुन पनि देशमा कि त राजनीतिक दल वा संगठनका नेताहरूको बैठक हुन्छ, कि चुनाव हुन्छ कि हडताल । अनि मिडियाले कभर गर्ने विषय अरू के नै बाँकी रहन्छ र ? गधाहरूको अर्को माग यो छ कि उनीहरूको लोकतान्त्रिक र संवैधानिक अधिकारलाई ध्यानमा राख्दै उनीहरूलाई पनि राजनीतिक दल गठन गर्नुका साथै भोट हाल्ने अधिकार पनि दिइयोस् रे । मानिसहरूमा सबै लिंगकालाई यो अधिकार उपलब्ध छ भने गधालाई किन छैन ? ‘हामी त मानिसको सबैभन्दा नजिक र भरोसायोग्य हौं । हाम्रो संविधानले पनि कसैप्रति भेदभाव गर्ने अधिकार दिएको छैन’ भन्दै उफ्रँदै छन् गधाहरू । ‘उहिले कालाहरूलाई शोषण गरेको भनेर अहिले गोराहरूसँग क्षतिपूर्तिको कुरा भइरहेछ । हामीलाई मानिसले गरेको शोषणको क्षतिपूर्ति पनि चाहियो नि अब ?’ भन्दै गधाहरू उफ्रिरहेका छन् । देशका संविधान, संस्कृति र परम्पराले पनि सबैलाई अंगीकार गरेको छ । समावेश गरेको छ । डाँफेलाई हामीले राष्ट्रिय पन्छी बनायौं र लालीगुराँसलाई राष्ट्रिय फूल । गाईलाई राष्ट्रिय जनावर बनायौं । योबाहेक अझ कुकुर, गोरु, सर्प, काग लगायत धेरै जनावर, पन्छीलाई हाम्रो धर्म, संस्कृतिमा विशेष श्रद्धासहित पुजिन्छ । तर देशको सम्पूर्ण भारी बोकी हिँड्ने गधाप्रति यो भेदभाव किन ? अझ आम चुनावहरूमा गधाहरू पनि एउटा विषय बन्ने गरेका छन् भने गधाहरूलाई चुनाव लड्न प्रतिबन्ध किन ? हडतालमा गएका ‘अल नेपाल गधा एसोसिएसन’का राष्ट्रिय अध्यक्षले मिडियामा आफ्नो बयान जारी गर्दै भने, ‘चुनाव आयोगले हामीलाई राष्ट्रिय दलको मान्यता दिएन भने यो संविधानले दिएको अधिकारको अवहेलना गरेको ठहरिनेछ । समता–समानता–समावेशी जस्ता मूल्यमान्यता र अधिकारहरूको विरुद्ध हुनेछ । आवश्यक पर्‍यो भने हामी देशैभरिका गधाहरू आफ्ना अधिकारको रक्षाका लागि खुलामञ्च, बन्दमञ्च, माइतीघर, ससुरालीघरदेखि देशैभरि प्रदर्शनमा उत्रिनेछौं । अधिकारीहरू मात्र होइन, अनधिकारीहरू समेत सबैलाई कालोमोसो दल्ने अभियान शुरू गर्नेछौं । जब मान्छे र तिनका जातीय समूहहरूले आफ्ना अधिकारलाई लिएर दल, संगठन, मोर्चा आदि बनाउन सक्छन् भने हामी गधाहरूले किन सक्तैनौं ?’ गधाहरूको आन्दोलनमा अन्य कतिपय पीडितहरू पनि समर्थनमा आउन लागेका छन् । गधाहरूका भनाइमा उनीहरूलाई हिजोसम्म आफ्नो शक्तिको अन्दाज थिएन । तर अब उनीहरू जागिसकेका छन् । त्यसैले अब आफ्नो हक मान्छेलाई नदिरे रे । अब गधाहरूलाई पनि मान्छे र अन्य पशुपन्छी सरह राष्ट्रको मूलधारमा ल्याउनैपर्छ रे । भीड बढ्दो थियो र केही उत्ताउलो पनि । गधाहरूको भीडबाट आवाज आइरहेको थियो– गधातन्त्र जिन्दावाद !, जिन्दावाद !!! जिन्दावाद !!! म त्यै बाटो गइरहेको थिएँ । देखेँ कि त्यो रमिता कुकुर र साँढे तथा गाईहरू पनि हेरिरहेका थिए र मुखामुख गर्दै थिए, मानौं उनीहरू पनि आफ्नो संगठन बनाएर आन्दोलन शुरू गर्ने सोच्दैछन् । अनि सोचेँ कि ओहो ! हेर्नुस् त ! देशमा लोकतन्त्र साँच्चै कति बलियो पो हुँदै गइरहेको छ त !

एमसीसीको भूमरीमा देश

सुजन दाहालविश्वको सर्वशक्तिमान अमेरिका जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन । युक्रेनलाई हेर्ने हो भने यो भनाई सिद्ध हुन्छ । त्यस्तो डरलाग्दो विदेश नीति र व्यवहार भएको देशबाट संचालित एमसीसी परियोजनाले नेपालका शीर्ष नेताहरुको भोक निद्रा हरण गरिदिएको छ । यसका लागि नेताहरुको दौडधुप नेपालीको लागि रमिता भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा ओली निवासमा, पुष्पकमल दाहाल बालुवाटारमा, माधव कुमार नेपाल र पुष्पकमल दाहाल भेट, केपी ओली बालुवाटारमा भन्ने समाचार यति धेरै आए कि नेपालीलाई यो समाचारले एक प्रकारले एलर्जी नै भयो । बिषय हो एमसीसी, जुन संसदमा टेवल भयो र सम्भवतः आज नै पारित हुदैछ । नेपाली काग्रेस त सुरुदेखी नै एक पक्षिय रुपमा एमसीसीको पक्षमा खुलेर आयो र संससदमा टेवल गर्न सफल पनि भयो । एमसीसी संसदमा टेवल नै गर्न नदिने अडान राखेका पुष्पकमल दाहाल र माधव नेपालको निद्रा त्यतिखेर हरायो जव प्रमले बालकोटमा गएर ओलीललाई भेटे । त्यसपछि पुष्पकमल दाहाल र माधव नेपालहरु झस्किए । गठबन्धन टुट्ला कि भनेर ।उनीहरुले आफनो आफ्नो पार्टीको बैठक राखे र एमसीसी संससदमा टेवल गर्न दिने तर पास नगर्ने रिजर्रवेशन राखे । सोही अनुसार बाहिर कुर्लिए । परिस्थिती अनुकुल नभएकाले सरकारले संसद बैठक स्थगित गर्न अनुरोध गर्र्दै आयो । र प्रमले पुष्पकमल दाहाल र माधव नेपालको भरपर्दो भरोषा नभएकोले ओलीसंग कुराकानी अगाडी बढाउदै जाँदा आउदो चुनावलाई विचार गर्दै गठबन्धन भत्कियो भने चुनावबाट सकिनेछौ कि भन्ने भयले गर्दा राष्ट्रको होइन आफ्नो भविस्यलाई सम्झेर ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गराउने निचोडमा पुष्पकमल दाहाल र माधव नेपाल पुगे । नेपाली जनतालाई एमसीसीको नाममा विभाजन गराउने पनि यिनै दलहरु हुन् । आज रोडमा जनतालाई उफारेर पुलिसको लाठी खुवाउने पनि यिनै दलहरु हुन् । एकातर्फ एमसीसी संसदबाट पास हुन हुदैन भनेर बुरुक्क बुरुक्क गर्ने र अर्कोतर्फ रोडमा आफ्ना कार्यकर्ता उफ्रार्ने यी दलहरुको डवल स्याण्र्डडले देशलाई क्षति भै रहेको छ । एमसीसीमा विदेशी हस्तक्षेप ज्यादा भयो । अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुको नेताहरुलाई फोन आएपछि माहोल तरङित भयो र सोही बेला त्यसको प्रतिक्रिया स्वरुप चीनको विदेश मन्त्रालयको प्रवत्ताबाट पराकम्प आयो । एमसीसी पास नहँुदा त यो स्तरको अमेरिका र चीनको दोहोरी चलेको छ । यदी एमसीसी पास भएर अगाडी बढ्दै गए पछि त यो देश अमेरिका र चीनको युद्ध मैदान बन्न सक्ने संकेत देखियो । अघिकांस जनता एमसीसी चाहिदैन भनिरहेका छन्, जनताबाट निर्वाचित नेताहरु एमसीसी चाहिन्छ भनेर पारित गर्ने अवस्थामा पुगे । जनताको आवाज विरुद्ध गएर नेताहरुले निर्णय गर्दैछन् । यो निर्णयले दुरगामी रुपमा देशलाई दुर्घटना तर्फ लाने निश्चित छ ।    अहिले दलका शीर्ष नेताहरुलाई भात पानी खाने फुर्सद पनि छैन । सवै नेताहरुलाई आफ्ना आफ्ना प्रभुहरुको आज्ञालाई शिरोधार्य गर्नु पर्ने बाध्यता पनि छ । अर्कोतर्फ मालिकले भनेको मात्र मानौ चुनाव पनि आउदै छ । वास्तवमा दलका नेताहरुलाई एमसीसी ‘खाउ भने दिनभरीको शिकार नखाउ भने कान्छा बाउको अनुहार’ भएको थियो तर अव निचोडमा पुग्यो । एमसीसीको न्यायोपनबाट कुनै शीर्ष नेताहरु अछुतो छैनन् । छेपारो प्रवृत्ति देखाएर जनताको अगाडी ठिक्क पारेका मात्र हुन् । सवै एउटै ड्याङका हुन् । जस्तो सुकै नाटक देखाएर भए पनि सदनबाट एमसीसी पारित हुने नै थियो । दलहरुको जनताको आँखामा छारो हाल्ने ओपन सेक्रेट कुरा आज गठबन्धनको एमसीसी पारित गर्ने निर्णय भए संगै छताछुल्ल भएको हो । यो सबै घटना र परिघटना शक्ति केन्द्रको डिजाइन र निर्देशन बमोजिम भई रहेको छ । एमसीसी पारित भए संगै यो देशमा दीर्घकालीन द्वन्दको बीउ रोपिन्छ । एमसीसीको विरुद्धमा रहेको चीनलले सगरमाथा लगायतको मुद्दा अगाडि ल्याउन सक्छ वा अन्य नयाँ मुद्धा सिर्जना गर्न सक्छ भने अमेरिकाले प्रजातन्त्र र मानव अधिकारको दुहाई दिदै आफ्नो स्वार्थ पूर्तिका लागि सहज बाताबरण प्राप्त गर्दछ । दुई महाशक्तिको चेपुवामा नेपाल गयो । एमसीसीका अधिकांश बुँदा राष्ट्रको हितमा छैनन । अमेरिकी अधिकारीहरुको अनुसार यो इन्डोप्यासेफिक रणनीति (आइपीएस) अन्तर्गतको परियोजना नै हो । एमसीसी एक स्वतन्त्र कम्पनी भनिए पनि यो अमेरिकी साम्राज्यवादको रणनीतिक हतियार नै हो । असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले कसैको स्वार्थका लागि देशको सौदाबाजी गर्नु ठिक होइन । सार्वभौमिक समानता र स्वतन्त्रता नेपालसंग छ ।  नेपाललाई वैदेशिक सहयोग आवश्यक छ । तर सार्वभौम नेपाल र नेपालीको शीर गिर्ने गरीको सहयोग लिनु हुदैन । विदेशीसंगै कचौरा थापेर मागेकोे भिखले कतिन्जेल देश चलाउने । देशका शासकको अदुुर्दशिताको परिणाम देश गम्भिर मोडमा पुगेको छ । नेता कमजोर भै विदेशीसँग लम्पसार पर्दाको नियति जनताले भोगिरहेका छन । गाठाला र भजनमण्डलीका कारण राष्ट्रघाति सम्झौता एमसीसी पारित हुने भयो । प्रधानमन्त्री एमसीसी पास गराउन राष्ट्रको सम्पूर्ण दैनिक प्रशासन छाडेर दलहरुको छलफलमा मात्र केन्द्रित छन् । नैतिक रुपमा प्रम उनको पार्टीको सरकारको पालामा उनका मन्त्रीले गरेको सम्झौताको जिम्मेवारी लिन खोज्नु ठीकै होला तर अन्य माओवादी र नेकपा एस जस्ता दलहरुको पिपलपाते निर्णय र अडान एमसीसी पास गर्ने दिनसम्म पनि टिक्न सकेन । शब्द बचन र कर्मले सवै पर्टीहरुले जनताको जनादेश भन्दा बाहिर गएर एमसीसीको ड्रामा देखाए ।उमेरले नेटो काटेका, औषत आयु सकिएका, घाटले आईज आइज भनेर निम्तो गरिरहेका बृद्ध नेताहरुहरुको लोभि पानी मनका कारण राष्ट्र र राष्ट्रियतलाई संकटमा पारिदैछ । यीनीहरुले देशलाई चारैतिरबाट चिथोरिसके चुसिसके भन्ने भान नेपाली जनतालाई परेको छ ।संसारमा कुनै देश मागेर धनी भएको इतिहास छैन । अनुदानले केही समय व्यवहार चलाउने हो तर आफ्नो लागि आफैले सोच्नु पर्ने हुन्छ । हामी माग्ने कुरमा गर्भ गर्छौ । अन्य तमाम आम्दानीका बैल्कपिक स्रोत जुटाउन सक्ने अवस्था भए तापनी मागेर खान पल्किएकाले श्रम गर्न मन पराउदैनौ । यद्यपी देशको राष्ट्रियता, स्वाधिनता र अस्मितामाथि पहिलो खतरा यहीको लोन्डुपे प्रवृत्ति भएका नेताहरुबाट नै छ, । त्यसपछि मात्र अन्यबाट खतरा छ । एमसीसी खारेज पनि गर्न सकिन्छ जुन श्रीलंकाले ग–यो । राज्यको लागि एमसीसीको नाममा आउने पचाँस करोड अमेरिकी डलर ठूलो रकम होइन । यति धोरै सहयोगको नाममा राष्ट्रलाई दूरगामी असर पर्ने काम कोही कसैबाट गर्नु भविस्यका सन्ततीहरु प्रतिको गद्धारी हो । अव एमसीसी पारित हुनु एमसीसी पक्षधरको हालको जित हो । तर त्यसमा मलामी जाने र राष्ट्रवादीका बीचमा द्वन्द्व हुनेछ । भुराजनैतिक रुपमा संवेदनशील यो देश विदेशीहरुको क्रिडास्थल बन्ने अव निश्चित भयो अमेरिकाले यो परियोजना हाम्रो मायाले दिएको होइन । उसको सामरिक महत्व र चीनमाथिको नियन्त्रण नै प्रमुख उदेश्य हो । संसार भरी अमेरिकाले नजर लाएको देशमा उसले कुनै न कुनै वितण्डा गरेर नै छाडेको पाइन्छ । आवरणमा देखाउनलाई विकास भनिए पनि अमेरिकाको कथाकथित षडयन्त्रमा अव देश गयो ।असमान रुपमा गरिएको एमसीसी सम्झौता सम्पूर्णतामा अध्ययन गर्दा धेरै धाराहरुमा नेपाललाई अपमान गरिएको, कानूनी जटिलताले भरिएको, बौद्धिक सम्पती सम्वन्धी असमान नीति, अडिटको एकलौटी व्यवस्था, सम्झौताको कार्यकालको अनिश्चितता आदीलाई हेर्दा देशलाई समृद्धिभन्दा हानी हुने देखिन्छ । जनताको विरोधको बाबजुत जुन एमसीसी पारित गरिदै छ योे सदा सर्वदा देश र जनतामाथिको धोकाधडी र गद्दारी हो । माओवादी केन्द्र, नेकपा एस जस्ता पिपलपाते पार्टीहरुको एक राते अडानका कारण एमसीसी पारित हुन सहज भयो । अव विस्तारै यसका पराकम्पनहरु बढदै जानेछन् र त्यसको भूमरीमा देश फस्नेछ ।

सरकारी दलको सडक रमिता र अनपेक्षित परिणाम

देशमा आर्थिक संकट चरमोत्कर्षमा पुगेको छ। व्यापार घाटा धान्नै नसकिने भएको छ। शोधनान्तर स्थिति खस्कँदो छ। राष्ट्रिय उत्पादन शताब्दीयौंदेखि हाम्रो भान्सामा पाकेका दाल, भात र तरकारीको लागि चाहिने सरसामान जुटाइदिने क्षमता राख्दैन। लाखौंलाख युवा रोजगारीको खोजीमा विदेशमा पलायन भएका कारण प्रजनन दर घटेर जनसंख्या ओरालो लागेको छ। पहाडी क्षेत्रका गाउँघर खाली हुँदै गएका छन् र […]

देशकोे प्रगति जारी छ

नेपालमा काम गर्न अर्थात् व्यवसाय गर्नजति सजिलो अन्यत्र शायदै होला । झट्ट नगद फट्ट काम । पैसा तिर्नुस्, लाइसेन्स किन्नुस् । २ अर्बमा नयाँ टेलिकम । ३ अर्बमा पुनर्बीमा कम्पनी । दर्ता हुने कम्पनीको भविष्यको कमाइ हेरेर दस्तुर तोकिन्छ । सरकारको खल्तीमा थोरै र मन्त्री तथा नियामक प्रमुखको हातमा धेरै । यो सन्तुलन बिग्रियो भने नयाँ कम्पनी खोल्न पाइन्न । देशले उत्पादन बनाएर बेच्न सकेन होला । तर लाइसेन्स बेचेर राम्रै कमाइरहेको छ । चाहे त्यो मोटरसाइकल चालकको लाइसेन्स होस् वा कुनै उद्योग वा व्यवसाय खोल्ने लाइसेन्स । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । सरकारी अफिसमा कुनै काम फत्ते गर्नु ठूलै युद्ध जित्नु जस्तै हो । तर नगद नारायण चढाएपछि काम तु. तमाम हुन्छ । त्यस्तै तपाईंलाई कुनै संस्थान, समिति वा बोर्डमा कार्यकारी पद चाहिएको छ भने २÷३ करोडको थैली ठीक पार्नुस्, काम भैहाल्छ । तपाईं भन्नुहोला यो त भ्रष्टाचार भयो भनेर । गलत । यो भ्रष्टाचार होइन । यो हाम्रो संस्कृति र हाम्रो गणतान्त्रिक परम्परा पो हो त । संस्कृति र परम्पराविरुद्ध जान त भएन नि ! यो भ्रष्टाचार सर्वव्यापी छ, यो विशालभन्दा विशाल छ अनि सूक्ष्मभन्दा सूक्ष्म छ, यो अनादि, नित्य छ । यो भ्रष्टाचारको झ्याङ दशै दिशामा फैलिएको छ । वडा वडामा, नगर नगरमा, प्रदेश प्रदेशमा यो कालो पैसाको कल्पवृक्ष खुवै झ्याङ्गिइरहेछ । यसैबाट डाँडाकाँडामा, खोला किनारमा अग्लिँदा छन् गगनचुम्बी महलहरू । यसरी देशको आर्थिक बगैंचामा भ्रष्टाचारका रूख यसरी झ्याङ्गिएका छन् कि अब यसलाई हटाउन त के घटाउन समेत सम्भव छैन । किनकि यो भूमि भ्रष्टाचारका लागि यति उर्वर बनिसकेको छ कि भ्रष्टाचारका फूल जताततै विना खनजोत मजाले उम्रिन सक्छन् । अफिस अफिसमा भ्रष्टाचारका नर्सरी लागेका छन् । त्यसका संरक्षक छन् त्यस अफिसका हाकिम, सचिव, मन्त्री र जिम्मेवार पदमा बसेकाहरू । पत्रकार, डाक्टर, ठेकेदार, इन्जिनियर, वकिल, कलाकार, पुलिस, रेक्टर, डाइरेक्टर, निर्देशक, सुबेदार, अधिकृत, एनआरएन, विदेशबाट रिटर्न, भद्र भलादमीहरू, राष्ट्रपतिबाट पुरस्कार प्राप्त गर्ने नेपाल आमाका थुप्रै रत्नहरू । को छैन यी नर्सरीका पालन पोषण गर्ने ? यस जंगलमा अरू रूख उम्रन पनि गाह्रो छ । सबै ठाउँमा भाग्यका ठेक्काहरू खुल्छन् । रकम बाँडिन्छ तल माथि, दाँया बाँया । नखाने को छ र ? नियम मिलाएर, ओठहरू सिलाएर, फाइल झिकाएर । मन्त्री, नेता, सरकारी कर्मचारीका त भाग्यरेखासँगै भ्रष्टाचारका समानान्तर रेखा बनिसकेका छन् । कसले भन्छ देशमा पार्टीमा एकता छैन भनेर ? सत्तापक्ष प्रतिपक्ष सबै जुटेकै त छन् । खाइरहेका छन् विदेशबाट उधारोमा आएको, पञ्चवर्षीय योजना, आयोजनाहरूको सुक्खा पाइपमा राखेर सँगै खान्छन् । लञ्ज, डिनर विशेष मेनु तयार गरेर । अघि नै त बढिरहेछ यो देश । अझ नयाँ पुराना सिंहदरबारहरूमा विराजमान छन् भ्रष्टाचारका महाप्रभु, सबैको शिरमा स्नेहको अदृश्य हात राख्ने । संविधान मिचेरै, नियम कानून नैतिकता कुल्चेरै भ्रष्टाचारको प्रतिस्पर्धा छ देशमा । त्यसैले त यत्रो उछलकुद, देश विदेश दौडाहा । विकास, अनुदान, गोष्टी, भाषण । मन्त्रालय, विभागहरूमा सधैं कुम्भमेला लाग्छ । चम्चाहरू, नयाँ लाइसेन्सका, नयाँ पदका उम्मेदवार घुमिरहेका हुन्छन् । पार्टीका पत्रकार, पार्टीका चन्दादाता, पुराना साथी, आन्दोलनका सहकर्मी, कार्यकर्ता । यस्तो लाग्छ– देशमा सधैं रमिता छ । मन्त्रीलाई थाहा छ सबैका लागि केही न केही गर्दिनु छ । फोन लगाउँछन् मन्त्रीका पीए– ‘हलो, म मन्त्रीज्यूको बाट ।’ उताबाट आवाज आउँछ– ‘हुन्छ हजुर, हस् हजुर, अवश्य हजुर, हजुरको जस्तो मर्जी ।’ यसरी नै यो स्वरलहरी गुञ्जिरहेको छ देशैभरि । तार गाँसिएको छ एकआपसमा । मुसाले झैं कोतरी कोतरी खाइरहेका छन् देशको सपनाको गोदाम । समिति, उपसमिति, आयोग, जाँच पड्ताल, अख्तियार, बयानका तहमा सडिरहेका छन् यथार्थहरू । अखवारमा त आउँछन् काला कामका फेहरिस्त । तर देशका मुखियाहरू सफाइ पेश गर्छन् । अब भ्रष्टाचार हुन नदिने वाचा पनि गर्छन् । किस्तीको काजु, किसमिस र गिलासको विदेशी ह्विस्की रित्तिएसँगै बिर्सिन्छन् सबै वाचाहरू । किसान मल र सिँचाइको अभावमा तड्पिरहन्छ । व्यवसायी व्यवसाय गर्दाका हजार बाधा देखेर छट्पटाइरहन्छ । स्वदेशमा जागीर नपाएपछि विदेश जान लिएको ऋणको भारी बोकेर युवा म्यानपावर दलाल र पासपोर्ट प्रशासन धाइरहन्छ । यता उही लाइन, उही हतार, उही हताश, उही मिलावट, उही भाषण निरन्तर चलिरहेको छ बजारमा । भएजति सबै कागजमा लेखिए पनि भ्रष्टाचारको महाकाव्य अलिखित नै रहिरहन्छ । काली लक्ष्मी प्रसन्न छिन् प्रशासनका फाइलरूपी कमलपत्रमाथि । व्यापारीका हात्ती डुलिरहेका छन् मन्त्रालय, विभाग विभाग । साँझ सधैंझैं जमघट हुन्छ र फेरि चिन्तन हुन्छ ‘देश बर्बाद भो । जबसम्म देशमा गतिलो नेता आउँदैन, बलियो सरकार आउँदैन, यो देशमा केही हुन्न । अर्को एक पेग थपौं है, ‘फर द रोड’ ? ‘अँ, जहाँसम्म भ्रष्टाचारको कुरा छ, कुन देशमा छैन र ? हाम्रोमा रोडै ठीक भएनन् । फ्री राइड इकोनोमी भयो । जसलाई जे गर्न मन लाग्यो, त्यै गर्न पाउने । यसरी लाइसेन्स बाँडेर त भएन नि । म चैं आज वाइन लिन्छु है । अँ, तपाईंको कुरा मनासिव छ । अनि सुनाउनुस्, अर्को टेन्डर कहिले हाल्ने त ?’ वातानुकूलित कारमा घर फर्किंदा बाटोमा जुलुसमा हिँडेका युवालाई देखाउँदै अर्को महानुभाव सोध्छन् कि यी जुलुसमा हिँडेका यी मनुवाहरू किन केही काम गर्दैनन् ? नेताजी स्टेजमा कुनै चलचित्रकी हिरोइनसँग कम्मर मर्काई मर्काई नाचिरहेका छन् । नेताको भाषण गर्ने पालो आउँछ– ‘देशलाई आत्मनिर्भर बनाउनै पर्छ । एमसीसी राष्ट्रघाती छ । कुनै हालतमा पास गर्न दिइँदैन ।’ अनि पेश हुन्छ देश विकासको चाइनिज वा रसियन क्रान्तिकारी मोडेल । देशले प्रगति गरिनै रहेको छ । यसरी अगाडि बढी नै रहेको छ एक सुसंस्कृत देश । प्रतिभाको पनि कमी छैन यो देशमा । कमी छ त केवल एउटा कुराको, त्यो हो– धन । त्यसैले त हाम्रा योजनाहरू पूरा हुन नपाएका । हो, त्यै धन जम्मा गर्न प्रायः सबै भ्रष्टाचार गर्न जुटेका छन् । अब सबैले धन जम्मा पार्न सके भने हामी पनि छिट्टै अरू देशले जस्तै बेस्करी प्रगति गर्न सक्छौं नि, हैन ?

कलह र सरकारी कुर्सी नै विकासको बाधक

यो देशमा भण्डार भरिएको छ, जनतासँग सोसेको कर, दाता रकम र विप्रेषणको रकम । तर, यसको उपभोग गर्न सरकारहरूले जानेका छैनन् । यो रकम सरकारी क्षेत्र पोस्न मात्र ठीक भएको छ । यसले सर्वसाधारणले सुविधा पाउन सकेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एक जना छ, तर देश सञ्चालन कसले कसरी गरेको छ त्यो समाजलाई थाहा छैन । संसारमा प्रायः मानिसहरूको खराब बानी फेर्न धेरै गार्‍हो छ । जसको आदत राम्रो हुन्छ, जो व्यावहारिक हुन्छ, त्यसलाई बदल्नुपर्ने कुनै आवश्यकता नै पर्दैन । उसले बाँचुन्जेल एकअर्कालाई राम्रो कुरा सिकाएर केही न केही योगदान गरिरहेको हुन्छ । कतिपय मानिसले यिनीहरूको कदर पनि गरिरहेका हुन्छन् । एउटा दुःखलाग्दो कुरा के छ भने हाम्रो मुलुकमा राम्रा मानिसबाहेक स्वार्थी, अहं भावना र मूर्ख प्रकारका व्यक्ति धेरै छन् । त्यस्ता व्यक्तिलाई परिवर्तन गर्न सकिँदैन । तैपनि यस्ता व्यक्तिलाई समाजमा भएका राम्रा मानिसले वा संघसंस्थाले बदल्ने प्रयासचाहिँ रोक्नु हुँदैन । यस्तो प्रयासबाट नै व्यक्ति, समाज तथा देशको द्रुत विकासमा टेवा पुग्न जान्छ । लोकतन्त्र आएपश्चात् यहाँ हर समय कुनै न कुनै कलहले मुलुक अगाडि बढ्न बाधा पुर्‍याइरहेको छ । बुद्धिजीवी तथा पढेलेखेका व्यक्ति सधैं विभिन्न कारण विवाद र लडाइँमा लागिरहँदा देशपछि परिरहेको हो । ठूलाठूला कुर्सीमा बसेर रमिता हेर्ने, भ्रष्टाचार गर्ने, अल्लड समाज तमासा हेर्ने आदि जस्ता व्यक्तिहरू जबसम्म परिवर्तन हुँदैनन् यो देश सधैं यस्तैै रहिरहन्छ । त्यही भएर हाम्रो अवस्था अरू देशको तुलनामा धेरै सुध्रिन नसकेको हो । अहिलेको परिप्रेक्ष्यमा देशमा रहेका राम्रा बुद्धिजीवीहरू नै परिवर्तन हुनु अत्यन्त जरुरी छ, । अन्यथा देशमा गरीबी निवारण, रोजगार समस्या, सुस्त विकास तथा युवा पुस्ता रोजगारको हिसाबले विदेश पलायन यथावत् रहनेछ । देशको विकास सुस्त छ तापनि नक्कली बुद्धिजीवीहरू गफ दिएर दिन कटाइराखेका देखिन्छन् । गफले नै हुने भए त हामी नेपालीले पनि चन्द्रमामा पाइला टेकिसकेको, मङ्गल ग्रहमा पुगिसकेको, रकेट उडाउने कामसमेत गरिसकेका हुन्थ्यौं । यस्तो गफले हामी हाँसोको पात्र बन्नुबाहेक केही उपलब्धि प्राप्त हुँदैन । हाम्रो मुलुकमा एउटा अर्को विडम्बना के छ भने उसले राम्रो ग¥यो मैले पनि राम्रो गर्नुपर्छ भन्ने संस्कारको बानी नै बसेन । यस्तो संस्कार बसेको भए हाम्रो मुलुक पनि अरूको मुलुकजस्तै हुन समय लाग्दैनथ्यो होला । गलत ढङ्गले पैसा कमाउन चाहने खराब संस्कार नै हाम्रो देशको दुर्भाग्य हो । यी सब सीधासाधा सोझा र सहन सक्ने समाजले गर्दा भइराखेको मान्न सकिन्छ । सर्वप्रथम यस्ता संस्कारलाई हटाउनु नै समाजमा भएका राम्रा व्यक्तिको दायित्व हो । यिनीहरूले पनि हरेस खाएर मुख मोड्ने हो भने यो देश बनाउन गार्‍हो छ । हुन त पञ्चायती व्यवस्थादेखि नै मुलुकमा राम्रोे राजनीतिक संस्कारको विकास हुन सकेन । भ्रष्टाचार, आफ्नो मान्छे भन्ने परिपाटी, अल्छी प्रशासन आदि विगतदेखि नै सुधार गर्न सकिएन । लोकतन्त्र आएपछि बुद्धिजीवीहरूले यी नै कुर्रा पछ्याए । त्यही कारण मुलुक द्रुत विकासमा जान सकेन । चुनावका लागि पार्टीलाई पैसा चाहिने, आफ्नो मान्छे एवं कार्यकर्ता पालनपोषण गर्नुपर्ने आदि कारणले नेताहरूले चाहेर पनि राम्रो काम गर्न सकेनन् । त्यसैले आज हाम्रो देशको यो हालत छ । हामीले सरकार, नेता, कार्यकर्ता आदिलाई मात्र दोष दिएर पनि हुँदैन । बुद्धिजीवीहरू पनि कुनै न कुनै विषयमा झगडा गरिरहनुभन्दा परिवर्तन भई रचनात्मक हुन सक्नुपर्छ । अनि मात्र देश राम्रो हुनेछ । सर्वप्रथम देश हाक्नेहरू नै स्वार्थलाई छोडेर परिवर्तन हुनुपर्छ । त्यसपछि देशमा रहेका तमाम बुद्धिजीवीले देश चलाउनेहरूलाई देश यसरी चलाउनुपर्छ भनेर निरन्तर रायसुझाव दिइरहनुपर्छ । मेरो मानिसलाई राम्रो कुर्सीमा राख्नुपर्‍यो, मेरो मान्छेलाई टेन्डर हुनुपर्‍यो, मलाई राजदूत हुनुपर्‍यो मेरो सामानको भाउ बढाइदिनुपर्‍यो जस्ता स्वार्थ त्याग्नुपर्छ । अन्त्यमा हामी तथा हाम्रो समाज पनि सधैं गोजेन्ग्रो भएर बस्नु हुँदैन । एकअर्कालाई राम्रो कुरा सिकाएर अनावश्यक जमातलाई छोडी अन्यायविरुद्ध लड्न सिकाउन सक्नुपर्छ, जसले गर्दा मुलुकले विस्तारै सही सही दिशा समाउँदै जाओस् ।

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक : आधा शताब्दी बित्दा पनि खुलेन ट्रयाक

साउन ९, सुर्खेत । ‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ ।  सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो अनि सडकचाँहि पूर्वाधार विकासको पनि पूर्वाधार हो । सडकले विकास ल्याउँछ भन्ने भनाइले सडक बनेसँगै सबै पूर्वाधार बन्न थाल्नेमा दुई मत छैन । सन् २१०० सालसम्ममा नेपाल समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने दीर्घकालीन सोच राखी सोही मार्गचित्रका आधारमा नेपालको विकास हुँदैछ ।  यसका लागि सडक सञ्जालको भूमिका अहम देखिन्छ । तर निर्माण कार्य शुरु भएको आधा शताब्दी वितिसक्दा समेत कैलालीको चिसापानी–सुर्खेतको गुटुहुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन ।  २०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक राजनीति ईच्छाशक्तिको अभावमा ५० वर्ष बितिसक्दा समेत सडक बन्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगि सकेको भएपनि सुर्खेतको गुटुदेखि करीब १५ किलोमिटर ट्रयाक मात्र खुल्न बाँकी छ ।  यो व्यापारिक दृष्टिकोणले ऐतिहासिक रणनीतिक महत्व बोकेको सडक हो । विसं २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुर्‍याएको यहि बाटो थियो । गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ५३ वर्षअघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो ।  सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करीब एक ११० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भइसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो ।  त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक ’ बाटो आयोजना नाम दिईएको यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन् । यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्यूमा नुन बोकेर ल्याउन) जाने बाटो समेत हो । ५३ वर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय भन्दा हरिप्रसादका आफन्तहरु बढी दुःखित छन् ।   यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भएपनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याईएको बजेट सही ठाउँमा खर्च नभएको बताए । ‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्रयाक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सही सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यसतर्फ राज्यले ध्यान दिन सकेको छैन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।  उनले संघीय संसदमा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा उक्त सडकखण्डलाई समिट्नु पर्ने आवश्यक रहेको औल्याए । तर, अहिले पनि आफ्नो स्तरबाट निरन्तर सडक निर्माणका लागि प्रयास जारी राखेको उनको भनाइ छ ।  तराई–पहाड जोड्ने छोटो मार्ग तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामा समेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो ।  अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गईरहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए । ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ ।  उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने जनाए । उनले भने, ‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुनेछ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए पश्चिम सुर्खेतको विकासमा ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए ।  उनका अनुसार यो सडकभन्दा पछि कल्पना गरिएको १४५ किलोमिटर लामो कर्णाली करिडोर हिल्सा–सिमिकोट–सलिसल्ला सडक सम्पन्न भइसकेको छ । दिगो विकासका लागि सबैभन्दा प्रभावकारी जग भनेकै सडक हो । झन्डै १ लाख किलोमिटर सडक सञ्जाल भइसक्दा पनि नेपालमा अझै उक्त त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन सडक बन्न सकेको छैन ।

अमेरिकामा चोरहरूको भाग्य चम्काउने त्यो कानून, दिनदहाडै यसरी हुन्छ चोरी [भिडियो]

अमेरिकाजस्तो देशमा चोरहरूको आतंकले १७ स्टोर बन्द गर्नुपरेको खबर पत्याउन गाह्रो पर्ला । तर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि चोरहरूको बिगबिगी बढेको छ । कोरोना कहरसँगै बेरोजगार बनेका व्यक्तिहरू दिनदहाडै विभिन्न स्टोरमा घुसेर घुलेआम चोरी गरिरहेका हुन्छन् । स्टोर सञ्चालकहरूसँग रमिता हेरेर बस्नुको विकल्प हुँदैन । चोरी नियन्त्रण गर्ने कुनै उपाय नभएपछि स्टोर नै बन्द गर्नुपरेको छ । अमेरिकाको सेन फ्रेसिस्को बहरमा पछिल्लो समय चोरीका घटना ह्वात्तै बढेका छन् । चोरीका घटना यतिसम्म हुने गरेका छन् कि दिनदहाडै गार्डकै सामुन्ने सा...