कलह र सरकारी कुर्सी नै विकासको बाधक

यो देशमा भण्डार भरिएको छ, जनतासँग सोसेको कर, दाता रकम र विप्रेषणको रकम । तर, यसको उपभोग गर्न सरकारहरूले जानेका छैनन् । यो रकम सरकारी क्षेत्र पोस्न मात्र ठीक भएको छ । यसले सर्वसाधारणले सुविधा पाउन सकेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एक जना छ, तर देश सञ्चालन कसले कसरी गरेको छ त्यो समाजलाई थाहा छैन । संसारमा प्रायः मानिसहरूको खराब बानी फेर्न धेरै गार्‍हो छ । जसको आदत राम्रो हुन्छ, जो व्यावहारिक हुन्छ, त्यसलाई बदल्नुपर्ने कुनै आवश्यकता नै पर्दैन । उसले बाँचुन्जेल एकअर्कालाई राम्रो कुरा सिकाएर केही न केही योगदान गरिरहेको हुन्छ । कतिपय मानिसले यिनीहरूको कदर पनि गरिरहेका हुन्छन् । एउटा दुःखलाग्दो कुरा के छ भने हाम्रो मुलुकमा राम्रा मानिसबाहेक स्वार्थी, अहं भावना र मूर्ख प्रकारका व्यक्ति धेरै छन् । त्यस्ता व्यक्तिलाई परिवर्तन गर्न सकिँदैन । तैपनि यस्ता व्यक्तिलाई समाजमा भएका राम्रा मानिसले वा संघसंस्थाले बदल्ने प्रयासचाहिँ रोक्नु हुँदैन । यस्तो प्रयासबाट नै व्यक्ति, समाज तथा देशको द्रुत विकासमा टेवा पुग्न जान्छ । लोकतन्त्र आएपश्चात् यहाँ हर समय कुनै न कुनै कलहले मुलुक अगाडि बढ्न बाधा पुर्‍याइरहेको छ । बुद्धिजीवी तथा पढेलेखेका व्यक्ति सधैं विभिन्न कारण विवाद र लडाइँमा लागिरहँदा देशपछि परिरहेको हो । ठूलाठूला कुर्सीमा बसेर रमिता हेर्ने, भ्रष्टाचार गर्ने, अल्लड समाज तमासा हेर्ने आदि जस्ता व्यक्तिहरू जबसम्म परिवर्तन हुँदैनन् यो देश सधैं यस्तैै रहिरहन्छ । त्यही भएर हाम्रो अवस्था अरू देशको तुलनामा धेरै सुध्रिन नसकेको हो । अहिलेको परिप्रेक्ष्यमा देशमा रहेका राम्रा बुद्धिजीवीहरू नै परिवर्तन हुनु अत्यन्त जरुरी छ, । अन्यथा देशमा गरीबी निवारण, रोजगार समस्या, सुस्त विकास तथा युवा पुस्ता रोजगारको हिसाबले विदेश पलायन यथावत् रहनेछ । देशको विकास सुस्त छ तापनि नक्कली बुद्धिजीवीहरू गफ दिएर दिन कटाइराखेका देखिन्छन् । गफले नै हुने भए त हामी नेपालीले पनि चन्द्रमामा पाइला टेकिसकेको, मङ्गल ग्रहमा पुगिसकेको, रकेट उडाउने कामसमेत गरिसकेका हुन्थ्यौं । यस्तो गफले हामी हाँसोको पात्र बन्नुबाहेक केही उपलब्धि प्राप्त हुँदैन । हाम्रो मुलुकमा एउटा अर्को विडम्बना के छ भने उसले राम्रो ग¥यो मैले पनि राम्रो गर्नुपर्छ भन्ने संस्कारको बानी नै बसेन । यस्तो संस्कार बसेको भए हाम्रो मुलुक पनि अरूको मुलुकजस्तै हुन समय लाग्दैनथ्यो होला । गलत ढङ्गले पैसा कमाउन चाहने खराब संस्कार नै हाम्रो देशको दुर्भाग्य हो । यी सब सीधासाधा सोझा र सहन सक्ने समाजले गर्दा भइराखेको मान्न सकिन्छ । सर्वप्रथम यस्ता संस्कारलाई हटाउनु नै समाजमा भएका राम्रा व्यक्तिको दायित्व हो । यिनीहरूले पनि हरेस खाएर मुख मोड्ने हो भने यो देश बनाउन गार्‍हो छ । हुन त पञ्चायती व्यवस्थादेखि नै मुलुकमा राम्रोे राजनीतिक संस्कारको विकास हुन सकेन । भ्रष्टाचार, आफ्नो मान्छे भन्ने परिपाटी, अल्छी प्रशासन आदि विगतदेखि नै सुधार गर्न सकिएन । लोकतन्त्र आएपछि बुद्धिजीवीहरूले यी नै कुर्रा पछ्याए । त्यही कारण मुलुक द्रुत विकासमा जान सकेन । चुनावका लागि पार्टीलाई पैसा चाहिने, आफ्नो मान्छे एवं कार्यकर्ता पालनपोषण गर्नुपर्ने आदि कारणले नेताहरूले चाहेर पनि राम्रो काम गर्न सकेनन् । त्यसैले आज हाम्रो देशको यो हालत छ । हामीले सरकार, नेता, कार्यकर्ता आदिलाई मात्र दोष दिएर पनि हुँदैन । बुद्धिजीवीहरू पनि कुनै न कुनै विषयमा झगडा गरिरहनुभन्दा परिवर्तन भई रचनात्मक हुन सक्नुपर्छ । अनि मात्र देश राम्रो हुनेछ । सर्वप्रथम देश हाक्नेहरू नै स्वार्थलाई छोडेर परिवर्तन हुनुपर्छ । त्यसपछि देशमा रहेका तमाम बुद्धिजीवीले देश चलाउनेहरूलाई देश यसरी चलाउनुपर्छ भनेर निरन्तर रायसुझाव दिइरहनुपर्छ । मेरो मानिसलाई राम्रो कुर्सीमा राख्नुपर्‍यो, मेरो मान्छेलाई टेन्डर हुनुपर्‍यो, मलाई राजदूत हुनुपर्‍यो मेरो सामानको भाउ बढाइदिनुपर्‍यो जस्ता स्वार्थ त्याग्नुपर्छ । अन्त्यमा हामी तथा हाम्रो समाज पनि सधैं गोजेन्ग्रो भएर बस्नु हुँदैन । एकअर्कालाई राम्रो कुरा सिकाएर अनावश्यक जमातलाई छोडी अन्यायविरुद्ध लड्न सिकाउन सक्नुपर्छ, जसले गर्दा मुलुकले विस्तारै सही सही दिशा समाउँदै जाओस् ।

सम्बन्धित सामग्री

सत्ता र शक्ति बाँडफाँडमै बित्यो शीर्ष नेताको समय

काठमाडौं । ४४ औं प्रधानमन्त्री भएर पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार पुगेको भोलिपल्ट त्यहाँको कुर्सी र सोफामा बस्ने पात्र फेरिए तर एजेण्डा फेरिएन । उही सत्ताको बाँडफाँड, आफ्ना कार्यकर्ता व्यवस्थापनको विषयमा नयाँ गठबन्धनका बैठक विभिन्न स्वरुपमा बस्न थालेका छन् । जनताका आकांक्षा एकातिर छ तर शीर्ष नेतृत्वको प्राथमिकता सत्ता र शक्ति बिलो लगाउने एकमात्र एजेण्डामा […]

देख्नेहरू भन्छन् : ‘यो पनि सरकारी स्कुल हो र ?’

काठमाण्डौ – झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरी स्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि  राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साँखुमा रहेको भगवती माध्यमिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन्– ‘सरकारी स्कुलको भवन पनि कत...

देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’

झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि राम्रो सभाकक्ष हुनु पनि …

‘यो पनि सरकारी स्कुल हो र ?’

झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ ।

देख्ने भन्छन् ‘यो पनि सरकारी स्कुल हो र ?’

झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागी गराइएको छ । बालबालिकाको प्रतिभा देखाउनका लागि  राम्रो सभाकक्ष हुनु पनि विद्यालयको विशेषता बनेको छ । साखुस्थित भगवती माध्यामिक विद्यालय पुग्ने जो कोहीले पनि भन्छन् ‘‘सरकारी स्कुल

मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीसँगै ओलीको तस्वीर

२५ जेठ, काठमाडौं । तनहुँको भिमाद नगरपालिकाका मेयर दधिराम सुवेदीको कार्यकक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेको पाइएको छ । सुवेदीको कार्यकक्षमा मेयर बस्ने कुर्सी पछाडि राष्ट्रपति विद्यादेवी भण्डारी, त्यसमुनि पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर राखिएको छ । सरकारी कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ […]

कलह र कुर्सी नै विकासको बाधक देखियो

रमेशकेशरी वैद्य देशमा आर्थिक अभाव छैन । जनतासँग शोषण गरेको कर, दाता रकम र रेमिट्यान्स रकम थुपे्रको छ । तर यसको उपभोग सरकारले गर्न जानेको छैन, जसले गर्दा यी रकम सरकारी क्षेत्रलाई मात्र पोस्न ठीक भएको छ । यसले गर्दा सर्वसाधारणले पाउनुपर्ने सुविधा, सहुलियत पाउन सकिराखेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एकजना छन् तर देश […]

नगरपालिकाको सरकारी कुर्सी छोडेर ‘घरको काठे कुर्सी’बाटै काम थाले मेयर ऐरले

- अर्जुन सिंह (झलारी) कञ्चनपुर, २६ असार । प्रायः राजनीतिक कुर्सीकै लागि गरिन्छ । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर दिलबहादुर ऐरले भने सरकारी कुर्सी त्यागेर काम थालेका छन् । नगरपालिकाले उपलब्ध ...