विश्वका थुप्रै देशमा एमसीसी पारित भइसक्यो, हामीले किन विवाद गरिरहेका छौँ ? : रिजाल

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसी देशको हितमा हुँदाहुँदै पनि भ्रम फैलाउने काम भइरहेको बताउनुभएको छ ।  अमेरिकी सहायता एमसीसी सम्झौतामाथिको आज आइतवारकाे संसद् बैठककाे छलफलमा बोल्दै रिजालले सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले सडकमा कार्यकर्ता उतार्ने र संसदमा पनि केही सांसदले पक्ष र केहीले विरोधमा बोलेर रमिता देखाएको आरोप पनि लगाउनुभयो । एमसीसीबारे भ्रम फैलाउने काम नेताहरूबाटै भएको उहाँको आरोप छ ।  ‘एमसीसी सम्झौता नेपालमा मात्र लागू हुने जसरी ...