अमेरिकाजस्तो देशमा चोरहरूको आतंकले १७ स्टोर बन्द गर्नुपरेको खबर पत्याउन गाह्रो पर्ला । तर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि चोरहरूको बिगबिगी बढेको छ ।
कोरोना कहरसँगै बेरोजगार बनेका व्यक्तिहरू दिनदहाडै विभिन्न स्टोरमा घुसेर घुलेआम चोरी गरिरहेका हुन्छन् । स्टोर सञ्चालकहरूसँग रमिता हेरेर बस्नुको विकल्प हुँदैन । चोरी नियन्त्रण गर्ने कुनै उपाय नभएपछि स्टोर नै बन्द गर्नुपरेको छ ।
अमेरिकाको सेन फ्रेसिस्को बहरमा पछिल्लो समय चोरीका घटना ह्वात्तै बढेका छन् । चोरीका घटना यतिसम्म हुने गरेका छन् कि दिनदहाडै गार्डकै सामुन्ने सा...