काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर उनले अनियमिता गरेर कमाएको सम्पत्तिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।सोमबार सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आन्दोलन जारी राख्ने बताएका हुन्। उनले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश भएकाले उनको सम्पति छानबिन हुनु पर्ने बताए।उनले बारले दुई महिनादेखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्ट्राचार विरुद्धमा