काठमाडौं : नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले स्थानीय तहको निर्वाचनको लागि मनोनयन उम्मेदवार फिर्ता लिन आग्रह गरेको छ। सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गरेर पार्टीको निर्णय विपरित भएकाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसिसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गराएको उल्लेख गरेका छ