कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई समुहको मनोनयन दर्ता भएको छ । वैशाख ३० गते हुन लागेको जिससको निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमाले तथा नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका हुन् ।सत्ता गठबन्धनबाट प्रमुख पदमा नेपाली काँग्रेसका गौरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्यमा निर्वाचित पदमबहादुर कलेले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिका वडा नम्बर ८ मा वडा सदस्यमा निर्वाचित इन्दु चौधरीले मनोनयन दर्ता गराएकी हुन । जिसस निर्वाचनका ला